सुनिल बल र आयुष घलानसहित ६ खेलाडी संकटामा

सुनिल बल र आयुष घलानसहित ६ खेलाडी संकटामा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ पुस १३ गते बुधबार ०५:३०

सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटा क्लबले आक्रमक रुपमा खेलाडी अनुबन्ध गरेको छ । संकटाले राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ । सुनिल र आयुषसँगै राष्ट्रिय टिमकै मिडफिल्डर सुरज...

सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटा क्लबले आक्रमक रुपमा खेलाडी अनुबन्ध गरेको छ ।

संकटाले राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ । सुनिल र आयुषसँगै राष्ट्रिय टिमकै मिडफिल्डर सुरज ज्यु ठकुरी डिफेन्डर गौतम श्रेष्ठ र निशान खड्का तथा गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको हो

सुनिल बलले गत सिजन च्याम्पियन मछिन्द्र फुटबल क्लबबाट लिग खेलेका थिए ।आयुष र निशानले थ्रीस्टारबाट खेलेका थिए भने सुरज र टिकेन्द्रले जावलाखेलबाट खेलेका थिए ।गौतमले त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेका थिए ।

संकटा क्लबले भोलि बिहीबारदेखि पोखरामा आयोजना हुने आहा रारा पोखरा गोल्डकप पनि खेल्दैछ ।

प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ०५:३०
प्रतिक्रिया दिनुहोस