५० अर्बको रिपो जारी गर्दा बैंकहरुले मागे ७२ अर्ब ६५ करोड

५० अर्बको रिपो जारी गर्दा बैंकहरुले मागे ७२ अर्ब ६५ करोड

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ पुस १४ गते बिहिबार ०२:२४

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ५० अर्बको रिपो जारी गरेकोमा बैंकहरुले ७२ अर्ब ६५ करोडको बोलकबोल पेश गरेका छन् । राष्ट्र बैंकले भने निष्कासनमा ल्याएको ५० अर्ब रुपैयाँ नै प्रतिस्पर्धी ब्याजदरमा बैंकहरुलाई तरलता...

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ५० अर्बको रिपो जारी गरेकोमा बैंकहरुले ७२ अर्ब ६५ करोडको बोलकबोल पेश गरेका छन् । राष्ट्र बैंकले भने निष्कासनमा ल्याएको ५० अर्ब रुपैयाँ नै प्रतिस्पर्धी ब्याजदरमा बैंकहरुलाई तरलता उपलब्ध गराएको छ ।

पुस मसान्त नजिकिंदै गर्दा पुनर्कर्जाको अवधि सकिंदै गएको र आयकरको दोस्रो किस्ता भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिएर राजस्वको रुपमा सरकारको सञ्चित कोषमा जाँदा प्रणाली तरलता दबाव हुनसक्ने भएपछि राष्ट्र बैंकले रिपो मार्फत प्रणालीमा तरलता पठाउन लागेको हो । ४५ दिनका लागि उपलब्ध गराउन लागेको उक्त रिपोमा ३२ वटा बैंक तथा वित्तीय संस्थाले १४१ वटा आवेदन दिएका छन् । उक्त रिपोको औसत ब्याजदर ८.०९९८ प्रतिशत कायम भएको छ । अधिकतम ९ प्रतिशत र न्युनतम ७.५४ प्रतिशतसम्म ब्याजदरमा बैंकहरुले बोलकबोल पेश गरेका हुन् ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता न्यून हुँदा केन्द्रीय बैंकले रिपो मार्फत ७ वा १४ दिनसम्मका लागि तरलता पठाउँदै आएको थियो । तर, यसपटक भने केन्द्रीय बैंकले ४५ दिनका लागि रिपो मार्फत प्रणालीमा तरलता पठाउने लागेको हो । चालु आर्थिक वर्ष २०७९/८० लागेपछि मात्रै राष्ट्र बैंकले रिपो मार्फत २ खर्ब २७ अर्ब ७० करोड तरलता पठाएको छ ।

प्रकाशित मिति २०७९ पुस १४ गते बिहिबार ०२:२४
प्रतिक्रिया दिनुहोस