छिमेक लघुवित्त संस्थामार्फत महिलाको आर्थिक विकास

छिमेक लघुवित्त संस्थामार्फत महिलाको आर्थिक विकास

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ६ गते आईतबार ०६:५३

पर्वत । छिमेक लघुवित्त वित्तीय संस्थाको सहयोगपछि सिप र क्षमता भएपनि पुजि नभएका पर्वत, बागलुङका महिलाहरुको लागि आर्थिक उन्नतीमा टेवा पुगेको छ । देशभर ६७ जिल्लामा १ सय ३५ शाखा र ७९ डिजिटल शाखा रहेको वित्तीय संस्थाले पर्वत र बागलुङका...

पर्वत । छिमेक लघुवित्त वित्तीय संस्थाको सहयोगपछि सिप र क्षमता भएपनि पुजि नभएका पर्वत, बागलुङका महिलाहरुको लागि आर्थिक उन्नतीमा टेवा पुगेको छ ।

देशभर ६७ जिल्लामा १ सय ३५ शाखा र ७९ डिजिटल शाखा रहेको वित्तीय संस्थाले पर्वत र बागलुङका ग्रामिण क्षेत्रमा बिभिन्न कार्यक्रम सञ्चालन गरेपछि यहाँका महिला आर्थिक प्रगतितर्फ जुटेका छन् ।

संस्थाले ग्रामिण क्षेत्रका विपन्न र गरिव महिलाहरुलाई ७ दिनको तालिम दिई सदस्यता प्रदान गरेपछि तरकारी खेती, बाख्रापालन, गाईभैसी, लगायतका कृषि काममा सक्रिय बन्न थालेका छन् ।

पर्वतको कुश्मा नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका र बागलुङका बागलुङ नगरपालिका र जैमनी नगरपालिकाका गरी कुल ६ सय ८० जना जना महिला यतिबेला व्यसायिक भई मनग्य आम्दानी गर्न सफल भएका छन् ।

लघुवित्त वित्तीय संस्था मार्फत विना धितो कर्जा लिई बिभिन्न कृषि कार्य गर्दै आएका महिलाहरु सम्मिलित वित्तीय संस्थाको दोस्रो इकाई भेला पर्वतमा सम्पन्न भएको छ । भेलामा सहभागी महिलाहरुले आफुहरु कर्जा लिई तरकारी खेती, बिभिन्न पशुपालन गरी मनग्य आम्दानी लिन सफल भएको बताएका छन् ।

भेलामा वित्तीय साक्षरता,पारिवारिक वजेट, बैकको नीति नियम लगाएका बिषयमा जानकारी गराईको थियो । एक दिनसञ्चालन भएको भेलाको बित्तका क्षेत्रीय प्रवन्धक निरन्जन महतोले उद्घाटन गर्दै आर्थिक विकासको अव सबै एक हुनुपर्ने बताए । उनले कृषि क्षेत्रको विकासमा महिलाहरुको सक्रियताले आफनो मात्र नभई समग्र क्षेत्रको आर्थिक उन्नति हुदै भएको बताए ।

कार्यक्रममा समुहबाट उत्कृष्ट दश वटा ईकाइलाई छनोट गरि ५ सय देखि ४ हजार रुपैयाँ नगद, प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको छ । त्यसैगरि सदस्यका परिवारका छोरीलाई अध्ययनमा टेवा पुग्योस भन्नको लागि बार्षिक २ हजार ४ सय रुपैयाँको छात्रबृत्ति समेत प्रदान गरिएको शाखा प्रबन्धक बलराम जोशीले बताए ।


कार्यक्रममा क्षेत्रीय कार्यालयका क्षेत्रिय प्रवन्धक निरन्जन महता, अनुगमन प्रमुख प्रेमकुमार नायाजु ,दिपक पाण्डे र सुनिता तिम्सिनाले सहजिकरण गरेका थिए ।

पर्वत र बागलुङमा गरेर संस्थाले २ करोड ९० लाख ६ हजार ४ सय ७२ रुपैयाँ विना धितो लगानी गरेको छ । हालसम्म समुहबाट ६९ लाख ३५ हजार ३ सय ६१ रुपैयाँ बचत गरेको संस्थाले जनाएको छ ।


गत वर्ष ४४ जनालाई व्यवसायीक सिप तालिम प्रदान गरेको संस्थाले यो आवमा ३५ जनालाई व्यवसायीक तालिम दिएको छ । पशुपालन आधारभूत तालिम ३२ र व्यवसायीकतालिम ३ जनालाई दिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति २०७५ माघ ६ गते आईतबार ०६:५३
प्रतिक्रिया दिनुहोस
लोप हुँदै मोदीका असला

लोप हुँदै मोदीका असला
२०८१ चैत २० गते बिहिबार ०५:३३

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट
२०८१ साउन २२ गते मङ्गलबार ०६:२६

कृषक सुचिकरणको  लागि गणक आउने बारेको सूचना

कृषक सुचिकरणको लागि गणक आउने बारेको सूचना
२०७९ असार १२ गते आईतबार ०६:२७