पर्वत जिल्लाको बिहादी गाउँपालिका ६ मा स्वरोजगार र संमृद्धिका लागि उद्यमशिलता भन्ने मुलनारा सहित २ दिने उद्यमशिलता तथा नेतृत्व बिकास तालिम कार्यक्रम सुरु भएको छ।समाज सुधार सामुदायिक सिकाई केन्द्र बिहादि ३ रानीपानि को आयोजनामा युवा युवती लाई आप्नै ठाउँमा सिप सिकाउने स्वरोजगार बनाउने उदश्ेय सहित शुक्रबार बाट तालिम सुरु भएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै हामीले भौतिक विकासलाई मात्रै विकासका रुपमा लिने गरेका छौ भन्दै पौडेलले मानिसका सोच र व्यक्तित्व विकासलाई विकासका रुपमा लियौ भने मात्रै समाजको दीर्घकालीन विकास हुने भन्दै सकारात्मक सोचको विकास भए मात्र सबै क्षेत्रको विकास हुन्छ उहाले भन्नुभयो अहिले समाजमा नकारात्मक सोचको विकास बढ्दै गएको छ । सकारात्मक सोचको विकास बढाउनु आवश्यक रहेको कुरा औलाउदै उधमशिलता माध्यमबाट आर्थिक, सामाजीक रुपान्तरण र क्षमता अभिबृद्धी गरी दिगो बिकास हासिल हुने भन्दै तालिम तालिमका लागि मात्र नभई व्यवहार परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो थियो ।

कार्यक्रमा बिहादि गाँउपालिकाका ३० जना युवा युवती तालिममा सहभागिता रहेको छ ।समाज सुधार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हरि नेउपाने को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मिराज कोइराला तथा कार्यक्रमको संचालन सामुदायिक सिकाइ केन्द्रका सचिव जयलाल पौडेल ले र्गनु भएको थियो ।शनिवार समापन हुने कार्यक्रममा परक्षिण भवानी प्रसाद र्शमाले दिने संस्थाका सचिब पैडेलले जानाकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८० जेठ १२ गते शुक्रबार ०४:११