नेपाल प्रेस युनियन जिल्ला शाखा पर्वतले मोदीवेणी दिव्य धाममा रहेका जेष्ठ नागरिकलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । युनियनले ३२ औँ स्थापना दिवसको अवसरमा मोदीवेणी दिव्यधामा रहेका १४ जना जेष्ठ नागरिकलाई फलफुल वितरण गरेको...
नेपाल प्रेस युनियन जिल्ला शाखा पर्वतले मोदीवेणी दिव्य धाममा रहेका जेष्ठ नागरिकलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । युनियनले ३२ औँ स्थापना दिवसको अवसरमा मोदीवेणी दिव्यधामा रहेका १४ जना जेष्ठ नागरिकलाई फलफुल वितरण गरेको हो ।
मोदीवेणी दिव्यधाममा ७ महिला र ७ जना पुरुष (जेष्ठ नागरिक) रहेका छन् । ६५ देखि ९० बर्षसम्मका जेष्ठ नागरिक रहेको उक्त ठाउँ प्रशिद्ध तीर्थस्थलका रुपमा परिचित छ । युनियनले जेष्ठ नागरिकको समस्या बुझ्न र मोदीवेणीको प्रचारप्रसारमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन जिल्ला शाखा पर्वतका अध्यक्ष उत्तमप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवम् जलजला गाउँपालिका निवर्तमान अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ ले मोदीवेणी क्षेत्रमा राज्यको ध्यान पुग्न नसकेका कारण ओझेलमा परेको बताउँदै यसको विकासका लागि पत्रकारहरुको उपस्थितीले टेवा पुग्ने बताए । उचित संरक्षण र संवद्धनको अभावका कारण यस क्षेत्रको प्रचारप्रसार हुन नसकेको उनको भनाई छ । उक्त अवसरमा मल्लले १४ जना जेष्ठ नागरिकलाई नगद पाँच सय रुपैयाँका दरले वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियार, नेपाल प्रेस युनियन पर्वतका संस्थापक ओमप्रसाद घायल, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका उपाध्याक्ष संगिता केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।मोदीवेणी दिव्य धामका उपाध्यक्ष खुमराज पुराजुली यस क्षेत्रको विषयमा जानकारी दिँदै समस्याका विषयमा जानकारी गराएका थिए । उनले जीर्ण भवन, भान्से र कार्यालय सहयोगीको समस्या भएको भन्दै त्यसको व्यवस्थापनका लागि नगरपालिका र प्रदेश सरकारले व्यवस्था गरिदिन माग गरे ।
नेपाल प्रेस युनियन जिल्ला शाखा पर्वतका अध्यक्ष अधिकारीको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्याक्ष रोशन तिवारी र कार्यक्रमको संचालन सचिव सुमनजंग थापाले गरेका थिए ।