थाइराइड घाँटीको अगाडिको भागमा हुने पुतली आकारको १० देखि २५ ग्रामको ग्रन्थि हो, जसले शरीरमा थाइरोक्सिन ९टी–३०० र ट्राइआयोडो थाइरोनिन ९टी–४०० हार्मोन उत्पादन गर्छ । शरीरका हरेक अंगलाई आवश्यक पर्ने यी हार्मोनले खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई नियन्त्रण गर्दछन् ।
यी दुई हार्मोन कम वा बढी हुँदा थाइराइडको सन्तुलन बिग्रंदा थाइराइडसम्बन्धी समस्या आएको बुझिन्छ । जसलाई बोलीचालीमा थाइराइड भएको भनिन्छ ।
हार्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ । यीमध्ये सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । त्यस्तै हाइपर थाइराइड कमैलाई मात्र देखिन्छ ।
महिलामा समस्या बढी
पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । महिलामा रोगप्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको पाइएको हो । थाइराइड आमालाई भएमा शिशुलाई पनि जन्मिएपछि हुने सम्भावना हुन सक्छ । कतिपय अवस्थामा गर्भवती भएपछि पनि थाइराइड हार्मोनको गडबडी देखिन्छ । तर केही समयपछि यो समस्या आफैं निको भएर जान्छ ।
कारण
आयोडिनबाट शरीरमा थाइराइड हार्मोन बन्छ । जब आयोडिनको कमी हुन्छ तब थाइराइड हार्मोनसम्बन्धी समस्या आउँछ । वंशाणुगत रुपमा पनि यो रोगले सताउने गर्छ । विभिन्न रसायन, वातावरणीय प्रदूषण, भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर समस्या देखिन सक्छ ।
त्यस्तै थाइराइड ग्रन्थिको आकार वृद्धि भएमा तुरुन्त जाँच गराउनुपर्छ । ग्रन्थिको आकार बढ्नुलाई गलगाँड पनि भनिन्छ । किनभने कतिपय गलगाँड क्यान्सर पनि हुन सक्ने सम्भावना हुन्छ ।
थायराइड कम हुँदा र बढी हुँदा लक्षण पनि भिन्नाभिन्नै देखिन्छ ।
थाइराइडको कमी हुँदा देखिने लक्षण
(शरीरमा सुस्तपन आउने
(मोटोपन बढ्नु
(दिमागमा सुस्तता
(अत्यधिक निद्रा लाग्ने
(मुटुको धड्कन कम हुने
(छाला चिलाउने, फुस्रो हुने
(हातखुट्टा सुन्निने
थाइराइड बढी हुँदा देखिने लक्षण
(जति खाए पनि दुब्लाउने
(गर्मी महसुस हुने
(मुटुको धड्कन बढ्ने
(महिलामा महिनावारी गडबड हुने
पहिचान तथा उपचार
सर्वप्रथम पहिचानका लागि पारिवारिक इतिहास र लक्षणबारे बुझ्नुपर्ने हुन्छ । थाइराइडको लेभल रगत जाँच गरी पत्ता लगाइन्छ । थाइराइड बढी वा कम भएमा यसलाई औषधिउपचार गरिन्छ । यद्यपि, पूर्णतया यसलाई निर्मूल गर्न सकिंदैन । यसलाई सन्तुलनमा राख्न थाइराइड हार्मोनको स्तर अनुसारको औषधि दिइन्छ । जुन नछुटाई आजीवन खानुपर्ने हुन्छ । यससँगै ६(६ महिना रगतको जाँच गरी स्तर हेर्नु अनिवार्य हुन्छ । थाइराइडको स्तर अनुसारकै औषधि घटाउने वा बढाउने गर्नुपर्छ ।
अनियन्त्रित हुँदा देखिने समस्या
थाइराइडले शरीरको प्रत्येक अंगमा काम गरिरहेको हुन्छ । त्यसैले थाइराइड अनियन्त्रित हुँदा यसले मुटु, मस्तिष्क, मिर्गौला, छाला, न्युरोसम्बन्धी समस्या, नाक, कान तथा घाँटी जता पनि समस्या ल्याउन सक्छ ।
रोकथाम हुन सम्भव छ रु
थाइराइडलाई रोकथाम गर्न सकिंदैन । यो जुनसुकै उमेरमा पनि देखिन सक्ने हुँदा कसलाई कतिखेर हुन्छ थाहा हुँदैन । यदि परिवारमा कसैलाई छ भने घरको सदस्यले बेलाबखतमा थाइराइडको परीक्षण गराइरहनुपर्छ । विकिरणमा बढी एक्स्पोज हुनु हुँदैन ।
खानेकुरा बार्नुपर्छ रु
थाइराइड हुँदा काउली र दाल जस्ता खानेकुरा बार्ने गरिन्छ । तर खानेकुरा र थाइराइडबीच प्रत्यक्ष सम्बन्ध अध्ययनहरुले देखाएको छैन । त्यसैले खानेकुरा अति बार्नु हुँदैन । कुनै पनि खानेकुरा सन्तुलित रुपमा खान जरुरी छ । साथै, आयोडिनयुक्त नुन र समुन्द्री खानेकुरा थाइराइडका समस्या हुनेहरुका लागि फाइदाजनक नै मानिन्छ ।
प्रकाशित मिति २०८० साउन २२ गते सोमबार ०२:३४