पर्वतका अर्जुनप्रसाद जोशी सहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

पर्वतका अर्जुनप्रसाद जोशी सहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० असोज १३ गते शनिवार १२:१०

नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली काँग्रेसका प्रभावशाली नेता जोशीलाई सभापती शेरवहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । सभापति देउवाले कांग्रेस विधान, १०१७ (संशोधनसहित)को...

नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली काँग्रेसका प्रभावशाली नेता जोशीलाई सभापती शेरवहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

सभापति देउवाले कांग्रेस विधान, १०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १० बमोजिम जोशी सहित आठ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनयन हुनेहरुमा काँग्रेस नेता अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, , शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन् ।

०७८ मा भएको १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए। विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हो। तर सभापति देउवाले १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

प्रकाशित मिति २०८० असोज १३ गते शनिवार १२:१०
प्रतिक्रिया दिनुहोस