बिहादी गाउँपालिकाले महिला उद्यमशीलतामा जोड दिएको छ : अध्यक्ष गुरुङ

बिहादी गाउँपालिकाले महिला उद्यमशीलतामा जोड दिएको छ : अध्यक्ष गुरुङ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० असोज १३ गते शनिवार १२:१२

बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले महिलाहरु आर्थिक रुपमा सशक्त भएमा महिला हिंसाका घटनामा कमी आउने बताएका छन् । ‘सकारात्मक सोचको विकास गरौँ, सबै मिलि महिला हिंसा रोकौं’ भन्ने मुल नाराका साथ बाच्छा महिला सञ्जालद्धारा आयोजित...

बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले महिलाहरु आर्थिक रुपमा सशक्त भएमा महिला हिंसाका घटनामा कमी आउने बताएका छन् ।

‘सकारात्मक सोचको विकास गरौँ, सबै मिलि महिला हिंसा रोकौं’ भन्ने मुल नाराका साथ बाच्छा महिला सञ्जालद्धारा आयोजित दर खाने तथा लोक गित प्रतियोगीता साथै विविध साँस्कृतिक कार्यत्रममा बोल्दै अध्यक्ष गुरुङले महिलालाई जागरूक, सक्षम, चेतनशील र उद्यमशील मात्र बनाउन सकियो भने समाजमा हुने हरेक हिँसाका घटनामा कमी आउने उनको भनाई छ ।

समाजमा महिला हेपिनु वा हरेक क्षेत्रमा पुरुषको तुलनामा प्रतिस्पर्धी बन्न नसक्नु मुख्यत आर्थिक कमजोरी नै प्रमुख कारण भएको बताउँदै अध्यक्ष गुरुङले गाउँपालिकाले महिलाहरुको जिविकोपार्जन र शशक्तिकरणमा जोड दिएको बताए ।

गाउँपालिकाले विभिन्न सिपमुलक कार्यक्रम संचालन गरेको बताउँदै महिलालाई कसरी आर्थिक उपार्जनसँग जोड्न सकिन्नछ भन्नेमा आफु तल्लिन रहेको बताए । महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र बिहादीले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउँदै अध्यक्ष गुरुङले महिलाहरुलाई उद्यमशील बनाउन गाउँपालिकाले सहयोग गर्ने बताए ।

प्रकाशित मिति २०८० असोज १३ गते शनिवार १२:१२
प्रतिक्रिया दिनुहोस