कुश्माको तमादीखोलामा बाढि, जीप सहित ३ यात्रु बेपत्ता

कुश्माको तमादीखोलामा बाढि, जीप सहित ३ यात्रु बेपत्ता

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० असोज १३ गते शनिवार ०३:१४

जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढिले यात्रुबहाक सवारी साधन बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझमा आएको बाढिले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमोलाई बगाएको...

जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढिले यात्रुबहाक सवारी साधन बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझमा आएको बाढिले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुषालले जानकारी दिए ।

भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी आएको बाढिको अवस्था बुझन चालक गाडीबाट झरेको बेलामा एक्कासी आएको बाढिले सवारी सधान बगाएको भुषालले बताएका छन् ।

सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र वेपत्ता यात्रुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०८० असोज १३ गते शनिवार ०३:१४
प्रतिक्रिया दिनुहोस