जलजला गाउँपालिकाले लिएको प्रथम त्रैमासीक परिक्षाको विस्तृत समिक्षा तथा विश्लेषण गरेको छ । गाउँपालिकाले बुधवार पालिकाभरीका शिक्षकहरुको उपस्थितीमा शिक्षक सरोकारवालाहरु सँग समिक्षा तथा विश्लेषण गरेको हो ।
विद्यालयका प्रध्यानाध्यापक एवम् शिक्षकहरु उपस्थिती भएको कार्यक्रममा शिक्षकहरुले आ–आफ्नो विद्यालयले शिक्षा सुधारमा गरेका प्रयासवारे जानकारी गराउँदै विद्यमान समस्या चुनौती र भावि योजना बारेमा गहन छलफल गरेका थिए । गाउँपालिकाले लिएको त्रैमासिक परिक्षाको बिषयगत नतिजा सार्वजानिक गदै विद्यालय र शिक्षकहरुको योग्यता र क्षमताको विषयमा पनि बहश संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
जलजला गाउँपालिकाले विगत वर्षदेखिनै शिक्षालाई रुपान्तरण गर्न र शिक्षाको गुणस्तरलाई अव्वल बनाउनको लागि केही रचनात्मक कामहरुको सुरुवात गरेको र त्यही कार्यक्रमको शिलशिलामा पालिकाभरीका शिक्षकहरु सँग अन्तरक्रिया एवम् विश्लेषण गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनले भने,‘गाउँपालिकाले त्रैमासिक, अर्धबार्षिक र बार्षिक परिक्षा संचालन गदै आएको छ । अन्य पालिकाले बर्षमा एक पटक परिक्षा लिने प्रचलन छ । तर, हामीले तिनवटै परिक्षा पालिकाले लिने र नतिजा प्रकाशन सँगै समिक्षात्मक कार्यक्रम गदै आएका छौँ ।
यसले शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरीलाई उजागार गरेको छ ।,’ जलजला गाउँपालिकाले पालिका भित्र रहेका शिक्षकहरुलाई ३५ दिने आईसिटि तालिम संचालन गरेको र तालिमको नतिजा पनि सार्वजानिक भएकाले त्यस विषयमा पनि समिक्षा गरिएको अध्यक्ष आचार्यले बताए ।
विगतमा प्रध्यानाध्यापकहरु सँग मात्र अन्तरक्रिया गदै आएको र हाल पालिका भित्रका सबै शिक्षकको उपस्थितीमा जलजलाको शैक्षिक अवस्थाका विषयमा छलफल भएको भएको छ उनले भने,‘जलजला गाउँपालिकाको शैक्षिक सुधारका लागि एकिकृत शैक्षिक क्यालेण्डर बनाएर भावी दिनमा शैक्षिक गतिविधीलाई अझै बढाएर लैजाने योजना छ ।,’ गाउँपालिकाका गतिविधीले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरुमा सकरात्मक परिवर्तन देखिन थालेको उनको भनाई छ ।
प्रकाशित मिति २०८० असोज २५ गते बिहिबार ०४:२२