५ हजार भन्दा बढी डलर साट्न अब प्यान नम्बर अनिवार्य  चाहिने

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ७ गते सोमबार ०८:२५

काठमाडौं–अब ५ हजार भन्दा बढीको अमेरिकी डलर साट्न प्यान नम्बर अनिवार्य चाहिने भएको छ । शिक्षा, आप्रवासन, स्वास्थ्य लगायतको प्रयोजनको लागि पाँच हजार भन्दा बढी डलर साट्न चाहने नेपालीको प्यान नम्बर अनिवार्य हुनुपर्ने व्यवस्था राष्ट्र...

काठमाडौं–अब ५ हजार भन्दा बढीको अमेरिकी डलर साट्न प्यान नम्बर अनिवार्य चाहिने भएको छ ।

शिक्षा, आप्रवासन, स्वास्थ्य लगायतको प्रयोजनको लागि पाँच हजार भन्दा बढी डलर साट्न चाहने नेपालीको प्यान नम्बर अनिवार्य हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तो प्यान नम्बर उपरोक्त सम्बन्धमा सटही माग गर्ने व्यक्ति वा निजको एकाघर परिवारका सदस्यमध्य आमा वा बुबा कुनै एकको भएपनि हुनेछ ।

राष्ट्र बैंकले एक पासपोर्ट बराबर १५ सय डलरसम्मको सटही सुविधाको व्यवस्था गरेको छ । यसअघि २५ सयसम्म साट्न पाइन्थ्यो । विदेशी विनिमयमको सञ्चिती घटेपछि डलर सटहीको सीमा केन्द्रिय बैंकले घटाएको हो ।

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार ०८:२५
प्रतिक्रिया दिनुहोस