बिधुत्त प्राधिकरण कुस्माले नगरका सडक बत्ती काट्रन सुरु गरेसंगै उठायो ५० लाख ,अझै २४ लाख बाँकि रहेको लेखा प्रमुख गोबिन्द प्रसाद शर्माको भनाई।

बिधुत्त प्राधिकरण कुस्माले नगरका सडक बत्ती काट्रन सुरु गरेसंगै उठायो ५० लाख ,अझै २४ लाख बाँकि रहेको लेखा प्रमुख गोबिन्द प्रसाद शर्माको भनाई।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ बैशाख १८ गते मङ्गलबार ०६:११

बिधुत्त प्राधिकरण कुस्माले नगरका सडक बत्ती काट्रन सुरु गरेसंगै उठायो ५० लाख ,अझै २४ लाख बाँकि रहेको लेखा प्रमुख गोबिन्द प्रसाद शर्माको भनाई।

नेपाल बिधुत्त प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै चैत ४ गतेदेखि कुश्माबजारमा लाइन काट्न सुरु गरेसंगै ५० लाख रुपैयाँ उठाएको छ । बिधुत्त प्राधिकरण वितरण केन्द्रका लेखा प्रमुख गोबिन्द प्रशाद शर्माका अनुसार सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले ७४ लाख बढी भुक्तानी दिन बाँकी थियो ।

 

नगरपालिका र बिधुत्त प्राधिकरणबीच चार वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख भएसंगै कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको हो । नगरपालिकाले बक्यौतामध्ये ५० लाख भुक्तानी गरेको केन्द्रका लेखा प्रमुख गोबिन्द प्रसाद शर्माले धौलागरि मिडियालाई जानकारदिनुभएको छ।शर्मा अनुसार अनुसार पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर बिधुत्त लाइन काटिएको बताउनु भएको छ ।

हालसम्मको २४ लाख भुक्तानी दिन बाँकी रहेको भन्दै उक्त रकम पनि चाँडै भुक्तानी गर्ने प्रतिबद्धता नगरपालिकाका लेखा प्रमुखले बताउनु भएको हो ।केन्द्रले हरेक बत्तीको‘मिटरबक्स’ राखेर मात्रै सडक बत्तीको लाइन पुनः जोड्ने तयारी भइरहेको जनाएको छ । सडक बत्तीमा प्रयोग हुने मिटरबक्स बिधुत्त प्राधिकरणले निःशुल्क दिने र तार नगरपालिकाले उपलब्ध गराउने सहमति भएको वितरण केन्द्रका प्रमुख प्रितमराज विष्टले जानकारी दिनुभएको छ ।

 

नयाँ सम्झौता गरेर हरेक बत्तीको मिटरबक्स नराखेसम्म लाइन नजोडिने उहाँको भनाइ छ ।कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बजेट अभावका कारण पूरै भुक्तानी गर्न नसकिएको बताए ।बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि यो आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने उनले जानकारी दिनुभएको हो ।सडक बत्तीको लाइन काटिएपछि कुश्माबजार र आसपासका वडा अन्धकार बनेसंगै रातिको समयमा पनि झलमल्ल हुने बजारका चोक तथा गल्लीहरु दुई साता सम्म अन्धकार बने संगै उत्त रकम दिन जनप्रतिनिधी तथा केन्द्रका लेखाप्रमुख गोबिन्द सुबेदीको पहलमा उक्त रकम उठेको नगरका जनप्रतिनिधिले धौलागिरि मिडियालाई जानाकारी दिनुभएको हो  पर्वत वितरण केन्द्रका लेखाप्रमुख गोबिन्द प्रसाद शर्माले बक्यौता रकम असुलीमा केन्द्र सक्रिय भएर लागिरहेको र आगामि दिनमा पनि आफुहरु लागिरहने शर्माको भनाई छ ।

नगरपालिका, सरकारी कार्यालय, सामुदायिक सघं संस्था वा निजी घरहरुमा रहेको बक्यौता रकम असुली गर्न अभियाननै सञ्चालन गरिएको शर्माको भनाई छ । आगामि दिनमा बिधुत महसुल नबुझाएमा बितरण केन्द्रले नियम लागु गर्नै बितरण केन्द्रका प्रमुख प्रितम राज बिष्टले जानाकारी दिनुभएको छ।

 

 

 

 

 

प्रकाशित मिति २०८१ बैशाख १८ गते मङ्गलबार ०६:११
प्रतिक्रिया दिनुहोस