आजको मौसम : केही ठाउँमा चट्याङ र हुरीबतासको सम्भावना

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ बैशाख १९ गते बुधबार ०६:२३

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा र हुरीबतासको चल्ने सम्भावना रहेको छ ।पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकोले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ ।   जल तथा मौसम विज्ञान विभागको...

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा र हुरीबतासको चल्ने सम्भावना रहेको छ ।पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकोले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ ।

 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको छ ।हावाहुरी र चट्याङको सम्भावना भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।

प्रकाशित मिति २०८१ बैशाख १९ गते बुधबार ०६:२३
प्रतिक्रिया दिनुहोस