नेपाली कांग्रेस जलजला गाउँपालिकामा 15अाै अधिभेसन सम्पन्न ।हरिबिकास जिसि काे नेतृत्वमा नयाँ कार्यसमिति चयन।

नेपाली कांग्रेस जलजला गाउँपालिकामा  15अाै अधिभेसन सम्पन्न ।हरिबिकास जिसि काे नेतृत्वमा  नयाँ  कार्यसमिति चयन।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ असोज ८ गते बिहिबार ११:२४

नेपाली  कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत जलजला गाउँपालिकामा नयाँ कार्यसमिति सहमति तथा निर्विरोध रूपमा चयन भएको छ। अधिवेशनबाट जलजला गाउँपालिका–८ का वडा अध्यक्षसमेत रहनुभएका हरिबिकास जी.सी. सभापतिमा निर्वाचित हुनुभएकाे छ। पार्टीभित्रको...

नेपाली  कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत जलजला गाउँपालिकामा नयाँ कार्यसमिति सहमति तथा निर्विरोध रूपमा चयन भएको छ। अधिवेशनबाट जलजला गाउँपालिका–८ का वडा अध्यक्षसमेत रहनुभएका हरिबिकास जी.सी. सभापतिमा निर्वाचित हुनुभएकाे छ।
पार्टीभित्रको एकता, सहकार्य र आपसी समझदारीलाई कायम राख्दै सम्पन्न अधिवेशनले जी.सी.को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नव–निर्वाचित कार्यसमितिमा उपसभापति थलराम पौडेल, महिला उपसभापति ज्योति मल्ल, सचिव सुदिप पौडेल, कोषाध्यक्ष इन्द्र प्रसाद आचार्य तथा सहसचिव निरबहादुर थापा मगर चयन हुनुभएको छ
त्यस्तै सदस्यहरूमा आरती सुनार, गणेश रेग्मी, कमला नेपाली, विनय आचार्य र भगवान जी.सी. चयन हुनुभएको छ।
नवनिर्वाचित सभापति हरिबिकास जी.सी. यसअघि नै जलजला गाउँपालिका वडा नं. ८ का वडा अध्यक्षका रूपमा जनप्रतिनिधिको जिम्मेवारीमा रहनुभएको छ। स्थानीय तहको जनप्रतिनिधिको अनुभवसँगै पार्टी संगठनको नेतृत्वसमेत सम्हाल्ने जिम्मेवारी पाउनुभएका जी.सी.ले आगामी दिनमा संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
अधिवेशनबाट निर्विरोध रूपमा चयन भएको नयाँ कार्यसमितिले पार्टी संगठनलाई मजबुत बनाउँदै कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ।

प्रकाशित मिति २०८३ असोज ८ गते बिहिबार ११:२४
प्रतिक्रिया दिनुहोस