गुप्तेश्वरका विद्यार्थीहरुलेनै गरे क्याम्पसको पुस्तककालयलाई पुस्तक हस्तान्तरण

गुप्तेश्वरका विद्यार्थीहरुलेनै गरे क्याम्पसको पुस्तककालयलाई पुस्तक हस्तान्तरण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ८ गते मङ्गलबार १२:१७

नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखि क्याम्पस ईकाईले क्याम्प्सको पुस्तकालयलाई एक सय ५० थान पुस्तक हस्तान्तरण गरेका छन् । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले सहज रुपमा पठन पठान गर्न पाउन भन्ने उद्धेश्यले विभिन्न उपयोगी...

नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखि क्याम्पस ईकाईले क्याम्प्सको पुस्तकालयलाई एक सय ५० थान पुस्तक हस्तान्तरण गरेका छन् । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले सहज रुपमा पठन पठान गर्न पाउन भन्ने उद्धेश्यले विभिन्न उपयोगी पुस्तकहरु प्रदान गरिएको हो ।

क्याम्पसमा अध्यन हुने सवै संशायका विद्यार्थीका आवश्यक पाठ्यपुस्तक हस्तान्तरण गरिएको नेविसंघका अध्यक्ष शिशिर पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा ने.वि.संघ का पुर्व केन्द्रीय सदस्य तथा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले बिद्यार्थीहरुले राजनीति भन्दा पढाईमा बढि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरुको हक हित र शैक्षिक क्षेत्रको सुधारका लागि कुश्मा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।\

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजकुमार क्षेत्री, क्याम्पस संचालन समितिका अध्यक्ष सुन्दरप्रसाद जोशि, क्याम्पस प्रमुख सुभास पन्त, ने.वि.संघका जिल्ला सचिव बरदान पौडेल, प्रजातान्त्रिक प्रध्यायपक संङका अध्यक्ष नवराज पौडेल, स्ववियुको तर्फबाट स्ववियु सदस्य अमृत पोख्रेल, नेबि संघ कुश्मा नगर संयोजक अजय पोख्रेल लगायत बोल्नुभएको थियो ।

 

नेविसंघ गुप्तेश्वर ईकाईका अध्यक्ष शिशिर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कर्याक्रमको स्वागत नेपाल विद्यार्थी संघ गुप्तेश्वर क्याम्पसका विद्यार्थी सुजन पुन मगर, र सञ्चालन ने.वि.संघ इकाई सचिव तथा स्ववियु सहसचिव सन्तोष पाठकले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अथितीहरुले क्याम्पसको गुणस्तर वृद्धि गर्नका लागि कायाम्पस र लाइब्रेरीलाई आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाउनुभएको थियो ।

प्रकाशित मिति २०७५ माघ ८ गते मङ्गलबार १२:१७
प्रतिक्रिया दिनुहोस