पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला

पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ असार ७ गते बिहिबार ०५:२६

 जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत एक कार्यक्रमका वीच गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा...

 जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत एक कार्यक्रमका वीच गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।

स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको कार्यक्रममा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा पछि प्रदेश सभा सदस्य बस्यालले स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसक्दा ग्रामीण क्षेत्रमा बसाईसराईको दर बढिरहेको उल्लेख गरेका छन् । उनले स्वास्थ्यकर्मीहरुले आफ्नो क्षमता भ्याएसम्म सेवा प्रवाह गरे पनि सरकारले अझै स्वास्थ्य सेवालाई विस्तार गर्न नसकेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विनोद विन्दु पौडेलले जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयास प्रदेश सरकारले गरीरहेको उल्लेख गरे । फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले स्वास्थ्य क्षेत्रको बजेट अझै धेरै बृद्धि गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथ प्रतिनिधिहरुहरुले आफ्नो आफ्नो धारणा राखेका थिए । घोषणा सभामा सहभागी क्षेत्रगत प्रतिनिधिहरुले घोषणापत्रमा हस्ताक्षर गरेर घोषणा कार्यक्रममा सहभागीता जनाएका थिए ।

कार्यक्रमको अवसरमा पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सहयोग गर्ने, भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । खोप समन्वय समितिका संयोजक तथा समन्वय समितिका प्रमुख विष्णुराम विकले घोषणा सभाको अध्यक्षता गरेका थिए ।

प्रकाशित मिति २०८१ असार ७ गते बिहिबार ०५:२६
प्रतिक्रिया दिनुहोस