मध्यपहाडी लोकमार्गको कुश्मा–पोखरा सडक अवरुद्ध

मध्यपहाडी लोकमार्गको कुश्मा–पोखरा सडक अवरुद्ध

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ असार २३ गते शनिवार ०२:५१

मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा देखि पोखरासम्मको सडक अवरुद्ध बनेको छ । लोकमार्गको कुश्मा ७ र कुश्मा ८ को सिमाना तमादीखोलामा लेदो सहितको बाढि आएपछि सडक अवरुद्ध बनेको हो । शनिवार विहान आएको बाढिले एउटा बस फसेको छ भने लेदो निरन्तर...

मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा देखि पोखरासम्मको सडक अवरुद्ध बनेको छ । लोकमार्गको कुश्मा ७ र कुश्मा ८ को सिमाना तमादीखोलामा लेदो सहितको बाढि आएपछि सडक अवरुद्ध बनेको हो ।

शनिवार विहान आएको बाढिले एउटा बस फसेको छ भने लेदो निरन्तर बगिरहेको पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीेले जानकारी दिएका छन् ।

अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति २०८१ असार २३ गते शनिवार ०२:५१
प्रतिक्रिया दिनुहोस