स्याबास रबि !

स्याबास रबि !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ८ गते मङ्गलबार ०६:४०

गणेश उप्रेती पुरुष हामी येस्तै हो , जे पनि गर्न मिल्ने ! जता पनि जान पाउने । गाउंको साढे जस्तो ? जस्को बाली खाए नी भो । जुन गोठ भत्काए नी भो । एउटीलाइ थर्काउ , अर्कीलाइ फकाउ । सगैकीलाइ झुक्याउ , बाहिरकीलाइ फुर्क्याउ । बहाना चै देउ...

गणेश उप्रेती

पुरुष हामी येस्तै हो ,
जे पनि गर्न मिल्ने !
जता पनि जान पाउने ।
गाउंको साढे जस्तो ?
जस्को बाली खाए नी भो ।
जुन गोठ भत्काए नी भो ।

एउटीलाइ थर्काउ ,
अर्कीलाइ फकाउ ।
सगैकीलाइ झुक्याउ ,
बाहिरकीलाइ फुर्क्याउ ।

बहाना चै देउ एउटा ।
कुरो मिलेन !
मन मिलेन !
तन मिलेन !
धन मिलेन !
उ एउटी महिला हो ,
दिनै पिछ्छे थोत्री रहने ।
हामी एउटा पुरुष हौ ,
मिनेटै पिछ्छे मात चढने ।

हेल्लो रबि !
आउ एउटा पुरुष सम्मेलन गरौ !
हामी पुरुष !
एउटा स्टेन्ड दिएपछि ,
दुइ चार मनका बात गरे पछि
नाथे महिलाका के कुरा ,
यी फगत पुतली !
हामी गुलाब ।
यी झुम्मिने !
हामी उम्किने ।

ओ पुरुष आदर्श रबी !
हामी लाइ नी आसिस देउ !
महिला केबल भोग्या हुन !
बजारका बिक्री माल हुन !
मन परेकालाइ किन्ने ,
नपरेकालाइ छोडने ।
पुरुष राज कायम रहोस !
रबि भगवान जायज होस !!

प्रकाशित मिति २०७५ माघ ८ गते मङ्गलबार ०६:४०
प्रतिक्रिया दिनुहोस
मेरो रिजल्ट आउदा बुवा पास !

मेरो रिजल्ट आउदा बुवा पास !
२०७९ कार्तिक १३ गते आईतबार ०१:१६

‘अब उसलाई श्रीमान स्वीकार्न सक्दिनँ!’

‘अब उसलाई श्रीमान स्वीकार्न सक्दिनँ!’
२०७७ मङ्सिर ४ गते बिहिबार ०२:०६

कविता- मानवता

कविता- मानवता
२०७७ भदौ ६ गते शनिवार ०२:०९