पर्वतमा सडक महाेत्वसमा दर्शककाे घुईचाे,

पर्वतमा सडक महाेत्वसमा दर्शककाे घुईचाे,

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ पुस १७ गते बुधबार ०५:४७

 सदरमुकाम कुश्मामा जारी सडक महोत्सवमा नयाँ बर्षको रौनक बढेको थियो । अंग्रेजी नयाँ बर्षलाई स्वागत गर्न आतुर नेपालीहरु कुश्माको बन्जी साइडमा बाक्लै उपस्थित थिए । नयाँ बर्षलाई स्वागत गर्नका लागि आतुर नेपालीहरुलाई जमघट भने लोक...

शाखाले आयोजना गरेको ३ दिने सडक महोत्सवमा नयाँ बर्षको स्वागत गर्न पुगेका दर्शकलाई लोक तथा दोहोरी गायकहरुले मनोरञ्जन दिलाएका थिए । सडक महोत्सव मार्फत कुश्मा बजारको पर्यटन प्रवद्र्धनमा जुटेको प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा मंगलबार लोक गायक शिव हमाल, घनश्याम रिजाल, कृष्ण अखेली, सरस्वती लामिछाने, नविना सुवेदी लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

आज समापन हुने सडक महोत्सवले पर्वत जिल्लाको लोक संस्कृतिको प्रवद्र्धनसंगै पर्यटन प्रवद्र्धनको उद्देश्य लिएको छ ।

यसै वीच द क्लिपले नयाँ बर्षको अवसरमा गायक प्रकाश सपुतको एकल साँझ कार्यक्रमको आयोजना गरेको थियो । साहसिक खेल बञ्जी मार्फत देश भरी नै चर्चा कमाएको द क्लिपले नयाँ बर्षको अवसरमा सांगेतिक साँझको आयोजना गरेको हो । नयाँ बर्षकै अवसरमा हार्नेस जीपलाईनले एड्भेन्चर रिर्सोटमा पनि लाइभ सांगेतिक कार्यक्रमको आयोजना गरेको थियो ।

पछिल्लो समय अंग्रेजी नयाँ बर्षलाई पर्यटकीय नगरी कुश्मामा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाउने गरिएको छ । विदेश पर्यटकलाई लक्षित यस्ता कार्यक्रमहरुमा स्थानीयको पनि बाक्लो सहभागीता हुने गरेको छ ।

प्रकाशित मिति २०८१ पुस १७ गते बुधबार ०५:४७
प्रतिक्रिया दिनुहोस