पर्वतका  शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने

पर्वतका  शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ पुस २६ गते शुक्रबार १२:३९

पर्वतका  शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । तत्कालीन समयमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रहेका तिवारीलाई माओवादीले पुस मसान्तीको दिनमा घर नजिकैको जंगलमा लगि...

पर्वतका  शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।
तत्कालीन समयमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रहेका तिवारीलाई माओवादीले पुस मसान्तीको दिनमा घर नजिकैको जंगलमा लगि निमर्मता पूर्वक हत्या गरेका थिए ।
प्रत्येक बर्षको माघ १ गतेलाई शहिद हरिदत्त स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ । तिवारीको २२ औँ स्मृति दिवसमा भजन कृतन प्रतियोगिता, पत्रकार सम्मान तथा बालबालिका सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
‘शहिद हरिदत्त तिवारीको सपना : हालको विकास’ शिर्षकमा भजन कृतन प्रतियोगिता तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिहरुलाई पोशाक सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम समुहलाई २१ हजार, द्धितिय समुहलाई १५ हजार, तृतिय समूहलाई ११ हजार र सान्त्वनालाई ५ हजारका दरले पुरस्कार प्रदान गरिने कार्कीले बताउनुभयो । प्रत्येक समुहमा ९ जना हुनुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुनेहरुले २८ पुष विहान ११ बजेभित्रमा नाम दर्ता गरिसक्नुपर्ने छ । फलेवास नगरपालिका–३ शंकरपोखरी नुवारमा कार्यक्रम आयोजना गरिएको छ ।
प्रतिष्ठानले उक्त कार्यक्रमको प्रचारप्रसारका लागि नेपाल पत्रकार महासंघ पर्वतका सचिव साजन परियारको संयोजकत्वमा १९ सदस्य रहनेगरि प्रचारप्रसार समिति समेत गठन गरेको छ ।
शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकमा बोल्दै प्रमुख संरक्षक एवम् फलेवास नगरपालिका नगरप्रमुख गंगाधर तिवारीले बुवाको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानले सामाजिक कार्य सँगे विकास निर्माणमा काम गदै आएको बताउनुभयो । उहाँले बुवाले जिल्लाको विकासमा देखेको सपना पुरा गर्न आफु निरन्तर सक्रिय रहेको बताउँदै उहाँको सपना क्रमश पुरा हुँदै गएको बताउनुभयो । स्वर्गिय हरिदत्त तिवारी सबैको साझा व्यक्ति भएझै स्मृति प्रतिष्ठान पनि सबै वर्गको साझा संस्था भएको उहाँको भनाई छ ।
नगरप्रमुख तिवारीले फलेवासको विकासका लागि धेरै कामहरु अघि बढेको बताउनुभयो । आफुले राज्यवाट पाउने सेवा सुविधा नलिईकन निरन्तर नगरको समृद्धिका लागि खटिएको उहाँको भनाई छ ।
यसैबीच नगरप्रमुख तिवारीको ६३ औँ जन्मदिन समेत विविध कार्यक्रम गरी मनाईएको छ । जन्मदिको अवसरमा फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँ चितीपानीमा रहेको ध्रुवनमुना माविका विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको छ । रु. २५ हजार भन्दा बढिको खाद्यान्न हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति २०८१ पुस २६ गते शुक्रबार १२:३९
प्रतिक्रिया दिनुहोस