काँग्रेस पार्टी संगठनको प्रमुख जरा नै किसान हुन्-जोशी

काँग्रेस पार्टी संगठनको प्रमुख जरा नै किसान हुन्-जोशी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ फाल्गुण १७ गते शनिवार ०३:१६

/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टी संगठनको प्रमुख जरा नै किसान भएको वताउनुभएको छ । नेपाल किसान महासंघ पर्वतको चौंथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु...

/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टी संगठनको प्रमुख जरा नै किसान भएको वताउनुभएको छ । नेपाल किसान महासंघ पर्वतको चौंथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको । उहाँले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो वडा र पालिकाको बजेट तथा योजना तर्जुमा गर्दा किसानसँग परामर्श गर्न निर्देशन दिनुभयो । -‘कुल जनसंख्याको ८० प्रतिशतको हाराहारीमा रहेको किसानलाई सम्बोधन नगरिकन योजना तर्जुमा गर्नुभयोभने त्यो विकास योजनाको अर्थ छैन, म सबै जनप्रतिनिधिहरूलाई  किसान लक्षित योजना बनाउन निर्देशन दिन्छु ।’- नेता जोशीले भन्नुभयो ।

पर्वत राजनीतिको अर्को प्रसंगमा बोल्दै नेता जोशीले आफू सक्रिय राजनीतिबाट विश्राम लिउँ भनेपनि आम कार्यकर्ताको विश्वास र भरोसाको कारण झनै बढि सक्रिय रहनुपर्ने वाध्यता रहेको वताउनुभयो । उहाँले आजपनि काँग्रेसका प्रति गाउँ गाउँमा जनता र कार्यकर्ताको विश्वास रहेको वताउँदै नेतागिरी गर्ने, चुनाव हराउने र पार्टी विरूद्धमा अनर्गल टिप्पणी गर्ने केही व्यक्तिका कारण जनतामा निराशा आउने गरेको दावी गर्नुभयो । नेता जोशीले काँग्रेस निर्वाचन हार्दा गाउँमा विकास हारेको र कार्यकर्ताको अवसर हारेको वताउँदै आगामी ८४ को निर्वाचन काँग्रेसले एक्लै लड्ने निर्णय गरिसकेकोले टोलदेखि वडा, पालिका र प्रदेशमा काँग्रेसका सबै संगठन गतिशील बनाएर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।-‘चुनावमा गठबन्धन त नगर्ने भनेका छौं तर गठबन्धन नगरिकन चुनाव जित्न त फेरि यही अवस्था र सक्रियताले त पुग्दैन, आफ्नै नेतृत्वलाई खुइलाएर पार्टीले जित्दैन, चुनाव जित्न जनतालाई काँग्रेससँग जोड्नोस, काँग्रेसको संगठन बढाउन सबै लाग्नोस् ।’- नेता जोशीले भन्नुभयो । उहाँले अब आफूपनि जनताको घरदैलोमा पुगेर सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य कल्पना प्रधान श्रेष्ठ, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य यामबहादुर मल्ल (रामकृष्ण),  नेपाली काँग्रेसका उपसभापति डाक्टर चूडामणि शर्मा, अर्का उपसभापति शिवप्रसाद सुवेदी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज), महासमिति सदस्य एवं पैयुँ गाउँपालिकाका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, नेपाली काँग्रेस प्रदेश सभा (क) का सभापति राजकुमार क्षेत्री, नेपाली कांग्रेस प्रदेश सभा (ख) का उपसभापति लक्ष्मी शर्मा गौंडल, नेपाल महिला संघ पर्वतका अध्यक्ष सुशीला शर्मा लगायतले बोल्नुभएको थियो ।

नेपाल किसान महासंघ पर्वतका अध्यक्ष रघुनाथ गौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य महासंघका सचिव हेम शर्मा अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पत्रकार सुदीप रेग्मीले गर्नुभएको थियो । अधिवेशनले पुन रघुनाथ गौंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ  ।

प्रकाशित मिति २०८१ फाल्गुण १७ गते शनिवार ०३:१६
प्रतिक्रिया दिनुहोस