निःशुल्क छाती रोग परीक्षण  एक दिने शिविर आज जलजला गाउँपालिकामा ,एआई प्रविधिबाट एक्स-रे गरी स्वास्थ्य सेवा

निःशुल्क छाती रोग परीक्षण  एक दिने शिविर आज जलजला गाउँपालिकामा ,एआई प्रविधिबाट एक्स-रे गरी स्वास्थ्य सेवा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ चैत २८ गते शुक्रबार ०२:२८

स्वास्थ्य सेवा सबैको पहुँचमा पुगोस् भन्ने उद्देश्यका साथ आज जलजला गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन हुने भयकाे छ। जलजला गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित उक्त शिविर बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म श्री लुङ्दी...

स्वास्थ्य सेवा सबैको पहुँचमा पुगोस् भन्ने उद्देश्यका साथ आज जलजला गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन हुने भयकाे छ। जलजला गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित उक्त शिविर बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म श्री लुङ्दी आधारभूत विद्यालय, जलजला-४ मा हुने भएकाे हाे ।

शिविरमा आधुनिक कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिबाट निःशुल्क छातीको एक्स-रे परीक्षण गरिनेछ। छातीसम्बन्धी रोगको प्रारम्भिक अवस्था पहिचान गरी समयमै उपचार थाल्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वत तथा प्रदेश क्षयरोग निवारण केन्द्र, गण्डकी प्रदेश, पोखराको सहकार्यमा यो शिविर आयोजना गरिएको हो।

विशेषगरी क्षयरोग (टी.बी.) को पहिचानका लागि लक्षित गरी आयोजना गरिएको यस शिविरमा विज्ञ चिकित्सकहरूले परीक्षण गर्नेछन् भने आवश्यक परे अन्य उपचारको लागि थप परामर्श पनि प्रदान गरिनेगाउपालिकाले जनाएकाे छ। साथै, परीक्षणको रिपोर्ट पुरानै रिपोर्ट सँग तुलना गरि दिइने व्यवस्था पनि गरिएको छ। गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ। खासगरी गरीब, पिछडिएको तथा सेवा नपुगेका समुदायलाई लक्षित गरेर यसप्रकारका शिविर सञ्चालन गरिएको हो। यस्ता कार्यक्रमले रोगको समयमै पहिचान हुने र समयमानै उपाचार पाउने अध्यक्ष राजु अाचार्यले बताउनु भयाे।

शिविरमा सहभागिता जनाउन सम्पूर्ण नागरिकहरूलाई अनुरोध गरेको छ। छाती दुख्ने, सास फेर्न गाह्रो हुने, लगातार खोकी लाग्ने लगायतका लक्षण देखिएका नागरिकहरूका लागि यो शिविर अत्यन्त लाभदायक अाचार्यकाे यश  शिविरमा सहभागिताको लागि गाउँपालिका सचिवालयले आह्वान गरेको छ।सिबिस अाज संचाल हुनेछ,गाउँ पालिकाले पछिल्लो समयमा राम्रो काम गर्दै अाईरहेकाे र सम्मान समेत पायकाे छ।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०२:२८
प्रतिक्रिया दिनुहोस