माेदि गाउँपालिका वडा नम्बर ८ चित्रेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

माेदि गाउँपालिका वडा नम्बर ८ चित्रेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ जेठ ५ गते आईतबार ०२:५६

माेदिगाउँपालिका वडा नम्बर ८ चित्रेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । गाउँ पालिका बाट भईरहेका कामकारबाही काे बारेमा जनता संग प्रत्यक्ष वडामा पुगेर पालिका भित्र 8 वटा वडामा पुगेर सार्वजनिक सुनुवाइ तथा अागामि बर्षकाे...

माेदिगाउँपालिका वडा नम्बर ८ चित्रेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । गाउँ पालिका बाट भईरहेका कामकारबाही काे बारेमा जनता संग प्रत्यक्ष वडामा पुगेर पालिका भित्र 8 वटा वडामा पुगेर सार्वजनिक सुनुवाइ तथा अागामि बर्षकाे लागि याेजना क्षनाेट तथा माग गरेकाे हाे ।  कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि माेदिगाउँपालिका अध्यक्ष हिरादेबि शर्माले  चित्रे पर्यटन मुखि गाउँ भयकाे हुदाँ यश वडामा  बिकास ,पुर्वाधार खानेपानी , शिक्षामा विशेष ध्यान दिन अाग्रह गर्दै स्वदेश तथा बिदेशि अायर पनि कार्यक्रम गर्ने हुदा यस्लाई निरन्तरता दिन र पर्यटनकोराेजाई बनाउनु पर्ने बताउदै अाबस्यकपरे पालिकाले सक्दाे सहयाेग गर्ने बताउनु भएकाे छ। कार्यक्रम मा उपाध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अतिथि बिमल लामिछानेले पछिल्लो समयमा युवा पुस्ता बिदेश पलायन हुने र पछिल्लो समयमा हुने कार्यक्रम मा युवा पुस्ता कम भएकाे बताउदै ,युवालाईराेक्न  युवामुखि कार्यक्रम ल्याउनपर्नै र पालिका बाट पुर्ण प्रयास गर्ने  बताउनु भएकाे छ।  कार्यक्रममा  बिभिन्न प्रस्नकाे उत्तर दिदै  पालिकाले काम कार्वाही चुस्तदुरूस्त गरिरहेर काम सम्पादन गरेकाे प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरी ले बताउनु भएकाे हाे। कार्यक्रममा सामाजिक बिकास साखाका प्रमुख दिनेस शर्मा,तथा  ईन्जिनियर  नवीन साहि , लगायतले  उठेका प्रश्नको उत्तर दिनु भएकाे थियाे ।  वडामा भईरहेका कामकाे बारेमा वडा सचिव मनाेज नेपालिले जानकारी गराााउनु भएकाे थियाे भने स्टाफ नर्स सुस्मिता पाैडेल, पशुशाखाका प्रमुख डा गाेपाल पासि , कार्यपालिका सदस्य , विभिन्न बिध्यालयका प्र अ  विभिन्न पाटिका प्रमुख तथा प्रतिनिधि ,समाज सेवि ,लगायकाे उपस्थिति रहेकाे कार्यक्रम मा वडा अध्यक्ष  सुकबहादुर गुरूङकाे अध्यक्षतामा भएकाे कार्यक्रम काे स्वागत वडा सचिव मनाेज नेपालिले गर्नु भएकाे थियाे भने कार्यक्रम काे  सहजिकरण संचारिका समूह पर्वतले गरेकाे थियाे भने कार्यक्रम संचालन बिष्णु सापकाेटा गाैतमले गर्नु भएकाे माेदिगाउपालिकाले धाैलागिरि मिडिया लाई जानकारी  दिएकाे छ ।

प्रकाशित मिति २०८२ जेठ ५ गते आईतबार ०२:५६
प्रतिक्रिया दिनुहोस