जलजला गाउँ पालिका वडा नम्बर ५ र ६ का महिलाईहरूलाई ३ दिने बटारे धुप बनाउने तालिम सुरू भएको छ। जलजला गाउपालिकाकाे अायाेजनामा तथा धाैलागिरि मिडिया प्रालि काे सहजिकरणमा भएकाे कार्यक्रम वडा नम्बर ५ गिद्देशस्वर वडा कार्यालयमा संचालन...
जलजला गाउँ पालिका वडा नम्बर ५ र ६ का महिलाईहरूलाई ३ दिने बटारे धुप बनाउने तालिम सुरू भएको छ। जलजला गाउपालिकाकाे अायाेजनामा तथा धाैलागिरि मिडिया प्रालि काे सहजिकरणमा भएकाे कार्यक्रम वडा नम्बर ५ गिद्देशस्वर वडा कार्यालयमा संचालन भएकाे हाे। कार्यक्रम मा बाेल्दै वडा नम्बर ५ का वडाअध्यक्ष तिलक जिसिले फुर्सदकाे समयलाई सदुपयाेग गर्दै अाफ्नाे घरकाे अावश्यकता अाफैबाट पूरा गराउनसकिने बताउदै ब्यावसाहिकरूपमा काम गर्न र स्वाबलम्बी बन्न सिक्नु पर्ने बताउनु भएकाे छ। उक्त कार्यक्रममा ,नेपाली काग्रेशका वडा नम्बर ५ का सभापति याम शर्मा , नेकपा एमालेका वडा सभापति अाेमप्रसाद रेग्मी , लगायतले सुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बिन्दु शर्माले कार्यक्रम काे बारेमा जानकारी दिनु भएकाे थियाे भने ३ दिन सम्म चल्ने तालिमा ३५ जना महिला हरूकाे उपस्थित रहेकाे छ भने तालिम ३ दिन सम्म चल्ने छ । धाैलागिरि मिडिया प्रालिकाे सहजिकरण तथा जलजला गाउँपालिका काे अायाेजनामा भएकाे कार्यक्रम काे अध्यक्षता वडा नम्बर ५ का वडाअध्यक्ष तिलक जिसिकाे अध्यक्षतामा भएकाे कार्यक्रम मा कार्यपालिका सदस्य माया भुसालकाे स्वागत तथा धाैलागिरि मिडियाका सम्पादक बिष्णु सापकाेटाले कार्यक्रम काे संचालन गर्नु भएकाे हाे ।