राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ ।
आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा कुरा राख्छौं र संसद्को कामकारबाही बहिष्कार गर्छौं’ शाहीले भने ।
उनका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा राप्रपा छ ।
🌸🌿
विपद् न्यूनीकरण तथा सिँचाइ पूर्वाधारको संरक्षणका लागि सधैं सतर्क रहौं।
सिँचाइ संरचना निर्माण वा मर्मत गर्दा वातावरणमैत्री उपायहरू अपनाऔं।
नदी, खोलामा अतिक्रमण नगरौं।
जलश्रोत प्रदूषण नगरीदीगो सिँचाइ र जल व्यवस्थापनमा सहयोग गरौं।
🔴 जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय
गण्डकी प्रदेश, बागलुङ
✅ विपद् न्यूनीकरण र दीगो विकास हाम्रो साझा दायित्व हो।
✅ बाढी, पहिरो रोकथामका लागि जलस्रोत संरचना संरक्षण अनिवार्य छ।
✅ सिँचाइ सुविधाबाट कृषिको उत्पादन वृद्धि गर्न सबैको सहकार्य आवश्यक छ।
– जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, बागलुङ
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ ।
आफूहरू उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने मागमा रहेको शाहीले बताए ।
प्रकाशित मिति २०८२ असार १० गते मङ्गलबार ०६:००