वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन। स्वास्थ्यमा थप समस्या देखिएपछि सुवेदीको चेन्नेइमा उपचार भइरहेको छ। सुवेदीको उपचारमा ४० लाख भन्दा बढी खर्च आवश्यक पर्ने भएपछि अष्टे«लियामा रहेका म्याग्देलीहरुले सहयोग संकलन अभियान सूरु गरेका हुन् ।
म्याग्दी जलजला परिवारमा आबद्ध मुक्ति सुवेदी, दीपक भण्डारी लगायतको अग्रसरतामा तीनदेखि अभियान सञ्चालन गरिएको अभियान्ता सुवेदीले जानकारी दिए । ‘सबै साथीभाइहरुसँग सहयोगका लागि अपिल गरेका छौँ, सबैबाट धेरथोर सहयोग पनि आएको छ’, पत्रकार सुवेदीका नजिकको नातेदार समेत रहेका मुक्ति सुवेदीले भने, ‘उर्जाशील पत्रकारलाई बचाउन हामीले यो काम गरिरहेका छौँ ।
’ उनका अनुसार, अहिलेसम्म १५ सय डलर भन्दा बढी रकम संकलन भइसकेको छ । ‘अझै हप्तादिन हामीले अभियान सञ्चालन गरेर संकलित रकम परिवारलाई पठाउनेछौँ’, उनले भने । म्याग्दी स्थायी घर भएका सुवेदी एक दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन् ।
प्रकाशित मिति २०७५ माघ ११ गते शुक्रबार ०४:३१