बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ असार १९ गते बिहिबार ०१:१८

लैङ्गिक संवेदनशीलता : जिम्मेवार पत्रकारिताको मूल आधार” भन्ने नारासहित लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोग, मिलन...

लैङ्गिक संवेदनशीलता : जिम्मेवार पत्रकारिताको मूल आधार” भन्ने नारासहित लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोग, मिलन म्याग्दीको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा आयोजित दुई दिने तालिम सोमबारबाट सुरु भएर मंगलबार सम्पन्न भएको हो।

तालिमले पत्रकार र सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्दै लैङ्गिकमैत्री र जिम्मेवार पत्रकारिता अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको आयोजक मिलन म्याग्दीले जनाएको छ।

जनहितमा जारी सूचना 🔊
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, म्याग्दी

सामाजिक स्वास्थ्य र समृद्ध जीवनका लागि साफ, सुरक्षित र पर्याप्त खानेपानी हाम्रो प्राथमिक आवश्यकता हो।

🔹 घरको धारा, ट्यांकी वा पाइपलाइनको नियमित सरसफाइ गर्नुहोस्।
🔹 पानी उमालेर वा फिल्टर गरेर मात्र सेवन गर्नुहोस्।
🔹 पाइपलाइन फुटेको, चुहावट भएको वा अपायक अवस्थामा देखिएमा तत्काल नजिकको उपभोक्ता समिति वा हाम्रो कार्यालयमा जानकारी गराउनुहोस्।
🔹 वर्षायाममा सतहको पानी झन् प्रदूषित हुनसक्ने भएकाले विशेष सावधानी अपनाउनुहोस्।
🔹 सार्वजनिक धाराहरूको संरक्षण सबैको दायित्व हो — सरसफाइमा ध्यान दिनुहोस्।

💧स्वस्थ जीवनको आधार — सुरक्षित खानेपानीको सतत आपूर्ति💧
यस सन्देशप्रति सबै नागरिकहरूको सहयोग, सरोकार र चेतनशीलताका लागि हार्दिक अनुरोध गर्दछौं।

— खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, म्याग्दी
म्याग्दी — जनताको सेवामा समर्पित।

तालिममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्मा र संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष भरत कोईरालाले सहजीकरण गर्नुभएको थियो।

दुई दिनसम्म चलेको तालिममा पत्रकार आचारसंहिता, लैङ्गिक निर्देशिका, समाचारको भाषा, आधारभूत पत्रकारिता, लैङ्गिक समानता, पूर्वाग्राही समाचार सम्प्रेषण लगायतका विषयमा गहन छलफल र अभ्यास गरियो।

तालिमको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले गर्नुभएको थियो। उहाँले सकारात्मक पत्रकारिता मार्फत समाज र जिल्लाको समग्र विकासमा योगदान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले लैङ्गिकमैत्री पत्रकारिता व्यवहारमा उतार्न आग्रह गर्दै, पत्रकारहरुले सुशासन र विकासका विषयमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो।

महासचिव जमुना वर्षा शर्माले समाचार लेखनमा लैङ्गिक संवेदनशीलता अनिवार्य रुपमा समेटिनु पर्ने बताउनुभयो भने
पत्रकार महासंघ म्याग्दी अध्यक्ष हरिकृष्ण गौतमले पत्रकारको क्षमता अभिवृद्धि तथा दुर्घटना बीमालगायत योजनाका बारेमा जानकारी दिनुभयो।

कार्यक्रममा हुलाक प्रमुख रमेश थापा, मिलन म्याग्दी अध्यक्ष दिलमाया बिटालु, सशस्त्र प्रहरी प्रमुख नवराज नेपाल, प्रहरी नायव उपरीक्षक सूर्य थापा, राष्ट्रिय अनुसन्धान प्रमुख विजय पौडेल, र सामाजिक अभियन्ता जमुना आचार्य लगायतको विशेष उपस्थिति रहेको थियो।

समापन सत्रमा सहभागी सुनिता किसानले तालिम अनुभव सुनाउनुभएको थियो भने सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

प्रकाशित मिति २०८२ असार १९ गते बिहिबार ०१:१८
प्रतिक्रिया दिनुहोस