पुल निर्माणमा अभूतपूर्व उपलब्धि, ५ महिनामै बन्यो २४५ मिटर लामो विनयी खोला पुल

पुल निर्माणमा अभूतपूर्व उपलब्धि, ५ महिनामै बन्यो २४५ मिटर लामो विनयी खोला पुल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ असार १९ गते बिहिबार ०२:५५

५ वर्षदेखि घस्रिँदै हिँडिरहेको नारायणगढ–बुटवल सडक योजना अन्तर्गत ५ महिना छोटो अवधिमा २ सय ४५ मिटर लामो पुल सञ्चालन आफैंमा एक अभूतपूर्व उपलब्धि हो । नेपालमा बुटवल–नारायणगढ सडक खण्डको विनयी खोलाको पुल ५ महिनामा निर्माण गरी सञ्चालन...

५ वर्षदेखि घस्रिँदै हिँडिरहेको नारायणगढ–बुटवल सडक योजना अन्तर्गत ५ महिना छोटो अवधिमा २ सय ४५ मिटर लामो पुल सञ्चालन आफैंमा एक अभूतपूर्व उपलब्धि हो ।

  • नेपालमा बुटवल–नारायणगढ सडक खण्डको विनयी खोलाको पुल ५ महिनामा निर्माण गरी सञ्चालन गरिएको छ।
  • इन्जिनियर शिव खनालले यसलाई ५ वर्षदेखि घस्रिँदै हिँडिरहेको सडक योजनाको अभूतपूर्व उपलब्धि भने।
  • पुरानो पुल भाँच्चिएपछि नयाँ पुल निर्माणको काम तीव्रता ल्याइयो र २४ घण्टामा यातायात सञ्चालन भयो।

१९ असार, काठमाडौं । नेपालमा पुल निर्माणमा नयाँ कीर्तिमान बनेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल ५ महिनामै तयार पारी बिहीबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनाल यसलाई अभूतपूर्व उपलब्धि ठान्छन् । ‘५ वर्षदेखि घस्रिँदै हिँडिरहेको नारायणगढ–बुटवल सडक योजना अन्तर्गत ५ महिनाको छोटो अवधिमा २ सय ४५ मिटर लामो पुल सञ्चालन आफैंमा एक अभूतपूर्व उपलब्धि हो ।’

यो पुल यति छिटो बन्नुमा भने विनयी खोलाको ५० वर्ष पुराना पुल भाँच्चिनु मुख्य कारण हो । २६ पुस २०८१ मा अधिक भारबहन गरेको ७२ चक्के मालवाहक सवारीका कारण नारायणगढतर्फको एक स्पान पूर्णरूपमा र सँगैको अर्को स्पानमा आंशिक क्षति पुगेको थियो ।

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना
म्याग्दी

📢 जनहितमा जारी सूचना

सवै म्याग्दीबासी महानुभावहरूमा जानकारी गराइन्छ कि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले म्याग्दी जिल्लाभित्र खानेपानी तथा ढल व्यवस्थापनसँग सम्बन्धित आधारभूत पूर्वाधार निर्माण, स्तरोन्नति तथा मर्मतसम्भारका कार्यहरू तीव्र रूपमा अगाडि बढाइरहेको छ।

यस सन्दर्भमा निम्न बुँदाहरूमा आम नागरिकहरूको साथ, सहयोग तथा जानकारीको अपेक्षा गरिएको छः

  1. खानेपानीका पाइपलाइन तथा ढल प्रणाली निर्माण स्थलगत क्षेत्रमा अनावश्यक आवतजावत नगर्नुहोला।

  2. निर्माण स्थलमा प्रयोग गरिएका सामग्री र उपकरणहरूमा क्षति पुर्‍याउने कार्य नगर्नुहोला।

  3. पानी आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुन सक्ने भएकाले वैकल्पिक व्यवस्थाको लागि तयारी अवस्थामा रहनुहोला।

  4. तपाईंको टोल/क्षेत्रमा आयोजना सम्बन्धी कुनै समस्या, गुनासो वा सुझाव भएमा सिधा हाम्रो कार्यालयमा वा सम्बन्धित प्राविधिकसँग सम्पर्क गर्नुहोला।

  5. आयोजनाको दीर्घकालीन सफलताको लागि जनताको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेकोले कृपया सहकार्य गर्नुहोला।

सहकार्य गरौं, दीगो खानेपानी र स्वच्छता सुनिश्चित गरौं।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना
म्याग्दी

 

‘पुरानो पुल नभाँच्चिएको भए नयाँ पुल बन्न कति वर्ष लाग्थ्यो, यसै भन्न सकिँदैन,’ खनालले अनलाइनखबरसँग भने, ‘त्यसपछि त कामलाई गति दिनुको विकल्पै भएन नि !’

विनयी खोलामा ५ दशक अगाडि बेलायती सहयोगमा पुल बनेको थियो । यो पुल कति भारबहन क्षमताको हो निश्चित थिएन । पुलको डिजाइन डेटा, ड्रइङ र अन्य कुनै रेकर्ड नभएको सूचना अधिकारी खनालले जानकारी दिए ।

पुल भाँच्चिएपछि सोही पुलको तलतिर रातिको समयमा चार घण्टासम्म लगातार काम गरी डाइभर्सन सडक तयार पारी यातायात खुलाइएको थियो । पुलको माथितर्फ भने २४ घण्टाभित्र १.३० किलोमिटर लामो डाइभर्सन सडक तयार पारेर यातायात सञ्चालनमा ल्याइएको थियो ।

त्यो बेला तत्कालका लागि सडक खुलाइए पनि पुरानो पुल मर्मत गरेर वर्षा अगाडि सञ्चालनमा ल्याउने वा नयाँ पुल बनाउने भन्ने चुनौती खडा भएको उनले स्मरण गरे ।

त्यसपछि सडक विभागले पुरानो पुल मर्मत गरेर सवारी सुचारु गर्न नसकिने निष्कर्ष निकाल्यो । यो निष्कर्षसँगै वर्षाअघि नै नयाँ पुल बनाएर सञ्चालन गर्ने चुनौती स्वीकार गरिएको उनले बताए ।

‘नयाँ पुल केवल एक पुलमात्र थिएन, आफैंमा एउटा सपना थियो, चुनौती थियो, बाध्यता थियो र एक दृढ अठोट पनि,’ उनले भने ।

नेपालमा ३०/४० मिटर लामो पुल निर्माणमा वर्षौं लाग्ने गरेको र कतिपय पुल निर्माणकै चरणमा ढलिसक्ने अवस्थाबीच यो पुल निर्माणको गतिलाई उनी ठूलो उपलब्धि मान्छन् ।

पुरानो पुल भाँच्चिनु अघि कुन हालतमा थियो नयाँ पुल ?

यस पुलका कुल ८ मध्ये २ वटा स्पानमा मात्र सुपरस्ट्रक्चरको काम सकिएको थियो । २ वटा स्पानमा ‘गर्डर लन्चिङ’ को काम सम्पन्न भएको थियो । बाँकी ४ वटा स्पानलाई आवश्यक २० वटा गर्डरको भने सुरसार नै थिएन ।

५ वर्षदेखि निकै सुस्त गतिमा काम गरेको चिनियाँ निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसनले समेत काममा गति दियो । वर्षाअघि बाँकी रहेको ६ स्पानको सुपरस्ट्रक्चर र दायाँ–बायाँको एप्रोच सडकसमेत बनाउन निर्माण व्यवसायीकै सक्रियताले भूमिका खेलेको उनले बताए ।

उनका अनुसार ६ माघ २०८१ देखि निर्माण व्यवसायीले २० वटा प्रिकास्ट गर्डरको कास्टिङको काम थाल्यो । अघिल्लो वर्ष नै गर्डर लन्चिङको काम सम्पन्न भएका दुई स्पानको डेस्क स्ल्याब बनाउने काम चैत २०८१ भित्रै सम्पन्न भयो ।

सोही अवधिमा २० गर्डरको कंक्रिटिङ गर्ने कामसमेत सम्पन्न गरी प्रिस्ट्रेसिङ र ग्राउन्डिङको काम सम्पन्न गरिएको थियो । नेपालमा भारी क्षमताका क्रेन नभएका कारण १ सय २० टन क्षमताका २ वटा क्रेन भारतबाट ल्याई ९ वैशाखदेखि नयाँ गर्डर लन्चिङको काम थालिएको थियो ।

चार वटा स्पानलाई २३ वैशाखदेखि डेस्क स्ल्याब कंक्रिटिङको काम सुरु गरी २१ जेठमा सम्पन्न गरियो । अन्तिम स्पानको कंक्रिटिङ २१ जेठमा सकिएको थियो । त्यसपछि एप्रोच सडक समेत तयार पारी पुल निर्माणको काम १८ असार २०८२ मा सम्पन्न भयो ।

‘सबै काम योजना अनुसार नै अगाडि बढ्यो, कुनै एक गतिविधिमा मात्र असर भएको भए पनि आजको दिनमा यो पुल खोल्न सम्भव थिएन,’ उनी भन्छन् ।

यस अवधिमा डाइभर्सन सडकमात्र ९ पटक बग्यो । त्यसबेला पुन: मर्मत गरी सडक चलाइयो । यात्रुलाई होङ्सी सिमेन्ट–सर्दी–ज्यामिरे–दुम्कीबासको २२ किलोमिटर लामो सडक प्रयोग गर्न भनियो ।

सास्ती अब हट्ला ?

अहिले नारायणगढ–बुटवल सडक खण्डको सबैभन्दा सास्ती भएको पुल विनयी खोला नै थियो । यो आयोजनामा अझै दुई वटा पुल पुराना र जीर्ण छन् । अरुण खोला पुल र चोरमारा पुल । यी पुलमा अहिले मान्छे खटाएर अधिक भारका सवारीसाधन एकसाथ पुलमा चल्न रोकिएको छ ।

‘यी पुल नयाँ नबनेसम्म जोगाउनु छ, त्यसकारण मान्छे खटाएका छौं,’ सूचना अधिकारी खनाल भन्छन्, ‘अन्य स्थानमा भने जोखिम छैन ।’

विनयी खोलामा पुल बनेसँगै अब जोखिम र सास्ती दाउन्ने सडक खण्डमा केन्द्रित भएको छ । उक्त खण्डमा ठूलो पानी पर्दा हिलोले यात्रा जोखिमपूर्ण हुने अवस्था अझै छ । तर, लगातार पानी पर्दा हिलो पखालिने र त्यसपछि ढलान भेटिसकेपछि गाडी चिप्लिने समस्या कम हुने उनले बताए ।

प्रकाशित मिति २०८२ असार १९ गते बिहिबार ०२:५५
प्रतिक्रिया दिनुहोस