देशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना

देशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ भदौ १६ गते सोमबार ०४:४८

ठमाण्डौ, भदौ १६ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी...

ठमाण्डौ, भदौ १६ गते ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक, दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०४:४८
प्रतिक्रिया दिनुहोस