अविरल वर्षाका कारण सडक भासिँदा धरान–धनकुटा सडक एकतर्फी भएको छ ।
आज बिहान ११ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ चारखोले गोलाई भन्ने ठाउँमा १० मिटर सडक भासिएपछि सडक एकतर्फी भएको हो । सो क्षेत्रबाट साना सवारी साधन चलिरहेका...
अविरल वर्षाका कारण सडक भासिँदा धरान–धनकुटा सडक एकतर्फी भएको छ ।
आज बिहान ११ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ चारखोले गोलाई भन्ने ठाउँमा १० मिटर सडक भासिएपछि सडक एकतर्फी भएको हो । सो क्षेत्रबाट साना सवारी साधन चलिरहेका छन् ।
सो स्थानमा इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।