पर्वतको फलेवासमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न.

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १४ गते सोमबार ०१:०४

पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगर समितिको आयोजनामा भवानी बिधापिठ माध्यमिक बिधालयमा शुक्रबार उक्त कार्यक्रम...

पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगर समितिको आयोजनामा भवानी बिधापिठ माध्यमिक बिधालयमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भवनेश्वर तिवारीले समुदाय प्रहरी साझेदारी कार्यक्रमको सफल कार्यान्वयन र परिणाममुखी उपलब्धिका लागि सबैको साथ र सहयोगको आवस्यकता रहेकोे बताउनुभएको छ ।
हत्या हिंसा लुटपाट बलात्कार जस्ता जघन्य सामाजिक अपराधहरु हुन नदिन प्रहरीले टोलटोलमा पुगेर विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरेको तिवारीले बताउनुभयो ।

अपराधमुक्त समाज निर्माण गर्न र हरेक नगरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरी हरपल सक्रियताका साथ लागी परिरहेको बताउनुभयो । हरेक व्यक्तिहरुलाई सचेत गराउन नगरपालिका, गाउपालिका वार्ड, टोलटोलमा र बिधालयमा समिती गठन गरेर सकारात्मक प्रभाव पर्नेखालका कार्यक्रमहरु सन्चालन गरिएको प्रनाउ तिवारीले बताउनुभयो ।
बिद्यार्थीहरुले घर समुदाय र बिधालयबाट नै अपरधिक क्रियाकलाप सिक्ने भएकाले उनीहरुलाई सचेत गराउन बिधालयमा आयोजित वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

 


कार्यक्रममा बोल्दै फलेवास नगरपालिका शिक्षा अधिकारी कृष्ण प्रसाद श्रेष्ठले नेपाल प्रहरीले संचालन गरेको समुदाय साझेदारी कार्यक्रमले अपराधको रोकथाम गरि जनतालाई सजग र सचेत गराउने बताउनुभयो । समुदाय साझेदारी कार्यक्रम अति महत्त्वपूर्ण रहेको बताउदै नगरपालिकाले हरेक कार्यमा प्रहरीसंग समन्वय गर्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा फनपा ५ खानिगाउका वार्ड अध्यक्ष दिपक शर्मा पौडेल,भवानी बिधापिठ माबीका प्रअ अर्जुन कुमार रेग्मी लगाएतले बोल्नुभएको थियो । वक्तृत्वकला कार्यक्रममा फलेवास नगरपालिका भित्रका १४ वटा बिधालयहरुको सहभागीता रहेको थियो । समुदाय प्रहरी साझेदारी सुरक्षीत समाज निर्माणमा हाम्रो जिम्मेवारी शिर्षकमा भएको बक्तृत्वकला प्रतियोगितामा राम माध्यमिक बिधालय शकंरपोखरी कि छात्रा अञ्जली बिश्वकर्मा प्रथम,शंकरपोखरी कै जनसहयोगी मा.बि.की अपेक्षा कार्की दिर्तिय, भवानी विधापिठ मा.बि.खानिगांउकि कृति पौडेल तृतीय र अन्नपूर्ण माबी कार्कीनेटाकी सान्ती नेपाली सान्त्वना भएकि छन । प्रतियोगितामा प्रथम दिर्तिय तृतीय र सान्त्वना हुनेलाई विभिन्न शैक्षिक सामाग्री प्रदान गरिएको थियोे । फनपा ५ खानिगाउका वार्ड अध्यक्ष दिपक शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन भवानी बिधापिठ माबिका शिक्षक कृष्णराज पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७५ माघ १४ गते सोमबार ०१:०४
प्रतिक्रिया दिनुहोस