बागलुङमा खुल्यो चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकिलो १०० रुपैयाँ

बागलुङमा खुल्यो चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकिलो १०० रुपैयाँ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ असोज ६ गते मङ्गलबार ०१:५६

बागलुङमा सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखाले चिनी, नुन, शुद्ध तोरीको तेल र आटा छुट मूल्यमा बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। आउँदै गरेको दसैँ,...

बागलुङमा सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखाले चिनी, नुन, शुद्ध तोरीको तेल र आटा छुट मूल्यमा बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।

आउँदै गरेको दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित साल्ट ट्रेडिङको कार्यालय परिसरमा पसल सञ्चालन गरिएको हो।

साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठका अनुसार सुपथ मूल्य पसल असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो ३० रुपैयाँ, नुनमा २ रुपैयाँ र शुद्ध तोरीको तेलमा प्रतिलिटर ४५ रुपैयाँ छुट दिइएको छ।

पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३८० रुपैयाँमा बिक्री भइरहेको श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै, आटा पाँच किलोको ३५० रुपैयाँमा बिक्री भइरहेको छ।

सुपथ मूल्य पसलबाट एक व्यक्तिले अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन र पाँच लिटर तोरीको तेल खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

सार्वजनिक बिदाका दिनबाहेक कात्तिक ३० गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुने साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले जनाएको छ।

प्रकाशित मिति २०८३ असोज ६ गते मङ्गलबार ०१:५६
प्रतिक्रिया दिनुहोस