पर्वतबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्घवार मनहरी तिमिल्सेनाले दर्जन भन्दा बढि बिकासका कुरा बोक्दै चुनाबि प्रचार मा निस्केका छन । सोम्बार पर्वतमा पत्रकार सम्मेल गर्दै दर्जनौ बिकासे कुरा आफुुसंग रहेको बताएका छन ।
लभ्ली हिलमा पार्टि कार्यलयमा पत्रकार भेटघाट कार्यक्रममा उनले पर्वतको शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन सुधारमा केन्द्रित योजना रहेको बताउदै युवा हरुको खाचो पुरा गर्नै नयाँ अनुहार पनि आफु भएको बताउदै आप्नो जित पक्का भएको बताएका हुन । उनले विगत केही समयदेखि पर्वतमै बसेर नागरिकसँग छलफल र संवाद गर्दै आएको बताए ।
शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै तिमिल्सिनाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन डिजिटल प्रविधिसँग जोडिएको विशेष प्याकेज तयार गरेको बताए । पर्वतका ५० भन्दा बढी विद्यालयका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी योजना तयार गरिएको उनको भनाइ छ ।
स्वास्थ्यतर्फ सबै पालिकामा अस्पताल निर्माण कठिन हुने भन्दै वैकल्पिक रूपमा ‘मोबाइल डाक्टर सेवा’ सुरु गर्न सकिने उनले बताए । उक्त योजना अनुसन्धानमा आधारित रहेको दाबी गर्दै उनले गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य रहेको स्पष्ट पारे ।
उनले पर्वतमा बढ्दो बाँदर आतंक र बसाइँसराइ समस्यालाई गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि विशेष कार्यक्रम तयार गरिएको जानकारी दिए ।
त्यसैगरी, पर्वतमै आईसीटी हब स्थापना गर्ने दीर्घकालीन योजना रहेको बताउँदै सो हबबाट युवालाई डिजिटल सीप र आम्दानीको अवसर प्रदान गरिने उनले बताए ।
तिमिल्सिनाले आफ्नो एजेन्डा भाषणमा सीमित नभई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गर्न आग्रह गरे ।
प्रकाशित मिति २०८२ माघ १४ गते मङ्गलबार ०७:१३