पर्वत जिल्लाका विभिन्न देशमा रहेका प्रवासी तथा स्वदेशमा रहेका पर्वतवासीलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यले स्थापना गरिएको ग्लोबल पर्वत समाजको पाँचौं महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। “समृद्ध पर्वत निर्माणका लागि सामूहिक अभियान” भन्ने मूल नाराका साथ शनिबार पर्तवतकाे हाेटल बन्दनामा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

महाधिवेशनबाट अध्यक्षमा दधी आचार्य चयन हुनुभएको छ बरिष्ठ उपाध्यक्षमा संगिता कार्की चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा मणि प्रसाद भुर्तेल, बाबुराम शर्मा, प्रकाश पौडेल, रुद्रमणि लम्साल, रामकृष्ण रेग्मी, दिनेशराज रेग्मी, जनक सुवेदी र नन्दलाल बि.क. (अजय) चयन हुनुभएको छ। महिला उपाध्यक्षमा ढाका कुमारी भट्टराई (देबु) चयन हुनुभएको छ।
त्यसैगरी महासचिवमा कमल लामिछाने चयन हुनुभएको छ भने सचिवहरूमा सन्तोष पौडेल, रामहरि शर्मा, राम प्रसाद बास्तोला, दिपक न्यौपाने र विशाल रेग्मी चयन हुनुभएको छ। कोषाध्यक्षमा तिलक प्रसाद सापकोटा, सह–कोषाध्यक्षमा कृष्ण घतान तथा प्रवक्तामा अनन्त लामिछाने चयन हुनुभएको छ। नेपाल प्रतिनिधिका रूपमा मुना भुसाल चयन हुनुभएको छ।महाधिवेशनले विभिन्न क्षेत्रका संयोजकहरू पनि चयन गरेको छ। मध्यपूर्व संयोजकमा रघुनाथ शर्मा, एसिया प्यासिफिक संयोजकमा रमेशराज जैसी, युरोप संयोजकमा अप्सरा गुरुङ तथा अमेरिका संयोजकमा पुष्पराज रेग्मी चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा कमल विक्रम केसी, कमल बहादुर सापकोटा, भरत मल्ल ठकुरी, आनन्द जीसी, ओम प्रकाश न्यौपाने, जगदीश पौडेल, श्याम पौडेल, नवराज आचार्य, रामकृष्ण आचार्य र जीवन पौडेल चयन हुनुभएको छ।

विश्वका विभिन्न देशहरू जस्तै स्विडेन, बेल्जियम, अष्ट्रेलिया, कुवेत, रसिया, फ्रान्स, डेनमार्क, अष्ट्रिया, भारत, इजरायल, स्विट्जरल्यान्ड, साउदी अरब लगायतका देशहरूमा रहेका पर्वतवासीहरूलाई एकजुट गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ ग्लोबल पर्वत समाजले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
यसैगरी महाधिवेशनतथा संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यसमिति तथा कार्यसम्पादनमा सक्रिय सदस्यहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो भने अग्रज व्यक्तित्वहरूलाई कदर–पत्र प्रदान गरेर सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष पुरण गिरिकि छाेरि सुस्मिता गिरले खाजा खर्च कटायर डेढ र बुवापुरण गरि ले थपेर साडे दुई लाख मंगलदय माबि ,चुवालाई सहयोग तथा सिवालयमाबिलाई छात्रवृत्तिकाे लागि डेढ लाख सहयाेगग , तथा ग्लाेवल पर्वत समाले कलाकारसमाज लाई 50 हजार तथा पर्वत बहुमुखी क्याम्पस फलेवासलाई 50 हजार सहयोग गरेकाे महासचिव कमल लामिछाने ले धाैलागिरि मिडिया लाई जानकारि दिनु भएकाे छ ।उक्त कार्यक्रममा कलाधर गिर , अर्जुन कुमार श्रेष्ठ, डा संगिता कार्किलाई पब्लिक हेल्थमा पिएचडि गरेबापत सम्मान समेत गरेकाे छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष पुरण गिरकाे प्रमुख अातित्यथा बिशिस्ट अतिथि नेपाली कांग्रेसका संबिधान सभा सदस्य अर्जुन जाेशि ,संरक्ष ,हितकाजि गरूग,अर्जुन कुमार श्रेष्ठ , गाेबिन्द सुवेदी ,तथा फलेवास नगरपालिका का प्रमुख गंगाधर ,तिवारि ,नेपाली कांग्रेस का उपशभापति शिव सुवेदी, नमुना अावासियका प्रिन्सिपल इन्द्रमा खत्रि ,डा उमाकान्त भुर्तेल , वडा नं ६ का वडा अध्यक्ष ईस्वर गिरि ,माेदि गाउपालिका का अध्यक्ष हिरा देबि शर्मा लगायतले सुभकामना मन्तव्य ब्यक्त गर्नु भएकाे थियाे भने ,अध्यक्ष गुर्णराज शर्मा गुरासकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम काे स्वागत समाजका नेपाल प्रतिनिधि मुना भुषाल ले गर्नुभएकाे थियाे भने कार्यक्रम काे संचालन महासचिव कमल लामिछाने तथा डा संगिता कार्कि ले गर्नु भएकाे महासचिव कमल लामिछाने ले धाैलागिरि मिडिया लाई जानकारि दिनु भएको हाे ।समाले विभन्न सामाजिक काम र सहयाेग गर्दै अाईरहेकाे छ।

प्रकाशित मिति २०८२ फाल्गुण २३ गते शनिवार ०३:४४