जुम्ला, वैशाख १ – जुम्लामा व्यवसायिक स्याउ खेती फष्टाउँदै गएको छ । डाँडा पाखामा पनि स्याउ रोप्ने होडबाजीले जुम्लामा स्याउ व्यवसाय फष्टाउँदै गएको छ ।

चैत–वैशाखको समयमा जुम्लाका बगैँचाहरु स्याउ तथा आरुको फूलले सेम्तामे भएका छन् । घरवरिपरी र डाँडापाखामा स्याउका फूलले ढकमक्क ढाकेको छ । पछि पनि किसानहरु बगैँचामा जान निकै रमाउछन् । उनीहरुलाई यो बेला फूल कसरी जोगाउने भन्ने चिन्ता पनि भइरहेको हुन्छ ।
यो समयदेखि नै हावाहुरी कम लागोस तथा फूल नझरोस भन्नका लागि किसानहरुले बुटाहरुलाई सपोर्ट दिने काठका भाटाहरु समेत उभ्याउने गर्दछन् । राम्रो मल जल तथा पानी पाएका स्याउका बिरुवाको फूल ठूलो चमकदार तथा ताजा हुने भएकाले मलजल, काँटछाँट राम्रो गरेका बिरुवाहरुले झनै प्रसस्त फूल दिने गरेको कृषि विज्ञहरुले बताएका छन् ।
प्रकाशित मिति २०७५ बैशाख २६ गते बुधबार १०:५४