पर्वतमा भिटेन ब्याण्डको लाईभ कन्सर्ट हुने।

पर्वतमा भिटेन ब्याण्डको लाईभ कन्सर्ट हुने।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ २३ गते बुधबार ११:४७

यहि माघको २५ देखि फागुन ५ गतेसम्म संचालन हुन लागेको दिदीबहिनी महोत्सवमा भिटेन ब्याण्डको लाइभ कन्सर्ट हुने भएको छ ।उक्त ब्याण्डलाई रेडियो दिदीबहिनीले महोत्सवको अवसरमा ल्याउन लागेको हो । ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव...

यहि माघको २५ देखि फागुन ५ गतेसम्म संचालन हुन लागेको दिदीबहिनी महोत्सवमा भिटेन ब्याण्डको लाइभ कन्सर्ट हुने भएको छ ।उक्त ब्याण्डलाई रेडियो दिदीबहिनीले महोत्सवको अवसरमा ल्याउन लागेको हो ।

११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको नवौँ बार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेडियो दिदीबहिनीले जनाएको छ । महोत्सवमा भिटेन ब्याण्डको मात्रै सांगेतिक कार्यक्रम मात्र नभई अन्य राष्ट्रियस्तरका कलाकारहरुको समेत प्रस्तुती रहेछ । हट गायिका रुपमा चिनिएकी ज्योति मगरको पनि प्रस्तुती हुनेछ ।

त्यस्तै महोत्सवमा गायकहरु प्रमोद खरेल, मेलिना राई, पशुपति शर्मा, प्रिती आले, बसन्त थापा, कुलेन्द्र बि.क., प्रकाश सपूत, कृष्ण अखेली लगायतको सांगितिक प्रस्तुतीहरु रहनेछन् ।

महोत्सव अवधीभर सम्भव भएसम्म हरेक दिन मन्त्रीहरुले उद्घाटन गर्ने गरी तयारी भएको रेडियो दिदीबहिनीकी अध्यक्ष तथा संबिधान सभाका सदस्य चापागाईले बताइन ।

महोत्सवमा प्रथम दिदीबहिनी डान्स आईडल, खुल्ला दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाँकी प्रदर्शन प्रतियोगिता समेत हुनेछ । सांगितमा रुची राख्नेहरुको लागि यो अवसर रेडियोले दिएको हो ।

महोत्सवमा पर्वत जिल्लामा जन्मिएर राष्ट्रको महत्वपूर्ण सेवामा गर्नुभएका ब्यक्तिहरु, जेष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला तथा अपांगता भएकाहरुलाई सम्मान गर्नुका साथै बाल उद्यान र रमाईलो मेला समेतको आयोजना हुने चापागाइले बताइन् ।

प्रकाशित मिति २०७५ माघ २३ गते बुधबार ११:४७
प्रतिक्रिया दिनुहोस