गर्नु गर्‍याै रामजी भैँसी पालेर

गर्नु गर्‍याै रामजी भैँसी पालेर

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ बैशाख २६ गते बुधबार ११:३७

श्यामशितल परियार/उज्यालो । लमजुङ, वैशाख ९– आफूसँगका केही साथी मुग्लान भासिएका छन् । कोही अन्य पेशा व्यवसायमा होमिएका छन् । तर लमजुङ सुन्दरबजारका रामजी भट्टराई भैँसी गोठमै रम्नुभएको छ । घाम उदाएदेखि अस्ताएसम्म उहाँ भैँसी फार्ममै...

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, वैशाख ९– आफूसँगका केही साथी मुग्लान भासिएका छन् । कोही अन्य पेशा व्यवसायमा होमिएका छन् । तर लमजुङ सुन्दरबजारका रामजी भट्टराई भैँसी गोठमै रम्नुभएको छ । घाम उदाएदेखि अस्ताएसम्म उहाँ भैँसी फार्ममै व्यस्त हुनुहुन्छ ।

गोठ सफा गर्नु, भैँसीलाई घाँस, पराल, पानी खुवाउनु, भैँसी चराउनु, बिहान र साँझ दूध दुहुनु र नजिकै बजारमा लगेर दूध बिक्री गर्नु उहाँको दैनिकी बनेको छ ।

 

‘बिहानैदेखि साँझसम्म भैँसी फार्ममै व्यस्त हुन्छु,’ भैँसीका लागि टौवाबाट पराल तान्दै उहाँले भन्नुभयो ।

व्यवसायमा परिवारको पनि उत्तिक्कै साथ मिलेको छ, रामजीलाई । उहाँले २०७३ सालबाट व्यावसायिक भैँसीपालन सुरु गर्नुभएको हो । २३ लाखको लगानीमा उहाँले व्यवसाियक भैँसीपालन सुरु गर्नुभएको हो । उहाँले सुन्दरबजार नगरपालिका–२, परेवाडाँडा हाँडेटारमा १० रोपनी जग्गा खरिद गर्नुभएको छ । एक रोपनी जग्गामा भैँसीपालन व्यावसाय सञ्चालन गर्नुभएको छ ।

प्रकाशित मिति २०७५ बैशाख २६ गते बुधबार ११:३७
प्रतिक्रिया दिनुहोस
लोप हुँदै मोदीका असला

लोप हुँदै मोदीका असला
२०८१ चैत २० गते बिहिबार ०५:३३

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट
२०८१ साउन २२ गते मङ्गलबार ०६:२६

कृषक सुचिकरणको  लागि गणक आउने बारेको सूचना

कृषक सुचिकरणको लागि गणक आउने बारेको सूचना
२०७९ असार १२ गते आईतबार ०६:२७