पर्वतको कुश्मा गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पर्वतको कुश्मा गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ २४ गते बिहिबार ०१:५३

पर्वतको कुश्मामा रहेको नमूना अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा गठित नमूना स्टुडन्टस वेलफेयर क्लबको आयोजनामा गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेश अन्तर्गत कास्की, बागलुङ, म्याग्दी र पर्वतका...

पर्वतको कुश्मामा रहेको नमूना अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा गठित नमूना स्टुडन्टस वेलफेयर क्लबको आयोजनामा गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेश अन्तर्गत कास्की, बागलुङ, म्याग्दी र पर्वतका बिभिन्न २६ ओटा विद्यालयहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा बागलुङ बलेवाको गणेश मा.वि. प्रथम, कुश्माको कालीगण्डकी एकेडेमी दोस्रो, कुश्माकै नारायण मा.वि. तेस्रो, बागलुङको गरिमा बोर्डिङ स्कुल चौथो, न्यू ओएसिस बोर्डिङ पाचौँ र अमर आदर्श बोर्डिङ स्कुल छैटौँ भएका छन ।

उनीहरुले क्रमश नगद २० हजार १ सय, १५ हजार, १० हजार, ६ हजार, ४ हजार र २ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पनि पाएका छन । प्रतिस्पर्धामा बागलुङका १० ओटा, म्याग्दीका २ ओटा, कास्कीका ३ ओटा र पर्वतका ११ ओटा विद्यालयहरुको प्रतिस्पर्धा रहेको थियो । प्रतियोगिताको संचालन नमूना स्टुडन्टस वेलफेयर क्लबकी सचिव प्रतिभा लामिछानेले गर्नुभएको थियो । बिद्यालयका शिक्षक ईन्द्रबहादुर घिमिरेले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने क्लबका अध्यक्ष समिर जोशीको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०७५ माघ २४ गते बिहिबार ०१:५३
प्रतिक्रिया दिनुहोस