आजको मौसम : दिनभरी घाम–साँझमा पानी

आजको मौसम : दिनभरी घाम–साँझमा पानी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ बैशाख २६ गते बुधबार ११:४१

काठमाडाैं, वैशाख ७ – शुक्रबार पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् । प्रिमनसुनी गतिविधि सक्रिय भएकाले दिउँसोपछि सामान्यतया बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको...

काठमाडाैं, वैशाख ७ – शुक्रबार पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् ।

प्रिमनसुनी गतिविधि सक्रिय भएकाले दिउँसोपछि सामान्यतया बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज विशेषगरी पहाडी भूभागमा पानी पर्नेछ । अहिले धेरै ठाउँको मौसम आशिंक बदली भएको छ ।

पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले राति पनि काठमाडौं उपत्यकासहित केही ठाउँमा हुरीबतास र गड्याङगुडुङसहित पानी परेको थियो । शनिबारदेखि भने यो प्रणाली केही कमजोर हुने मौसमविद्हरुको अनुमान छ ।

प्रकाशित मिति २०७५ बैशाख २६ गते बुधबार ११:४१
प्रतिक्रिया दिनुहोस