फागुन १४, २०७५
देशका बिभिन्न जिल्लामा जस्तै पर्वतमा पनि सेवा प्रदान गरिरहेको बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा.लि.ले नेपाल पत्रकार महासंघ पर्वतको कार्यालयमा निशुल्क रुपमा ईन्टरनेट जडान गरिदिने भएको छ ।
पत्रकारले समाजमा सूचना प्रवाह गर्नको लागि खटीरहेको र यस खटाईका लागि सूचना, संचार तथा प्रबिधिको आवश्यकता पर्ने भएकोले महासंघको कार्यालयमा निशुल्क ईन्टरनेट सेवा दिन लागिएको प्रा.लि.का पर्वत शाखाका प्रमुख अच्युत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अप्टीकल फाईबर मार्पmत इन्टरनेट जडान गरी पत्रकार महासंघलाई सघाउने तयारी भैरहेको छ ।

पर्वतमा इन्टरनेटको पहुँच पुग्न कठिन रहेका दुर्गम ठाउँमा समेत बाराही कम्पनीले ईन्टरनेट बिस्तार गरेर सेवा प्रदान गरिरहेको छ । कम्पनीले पर्वतको कुश्मा नगरपालिका सहित मोदी गाउँपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, जलजला गाउँपालिका र बागलुङ जिल्लाका बिभिन्न ठाउँमा पनि ईन्टरेनटको पहुँच पु¥याएको पर्वत शाखाका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
बाराही ईन्टरनेटको प्रधान कार्यालय पोखरामा रहेको छ । कम्पनीले पोखरा सहित देशका बिभिन्न जिल्लाका बिकट ठाउँहरुमा पनि सूचना प्रबिधिको पहुँच पु¥याएको कम्पनी प्रमुख रबिन सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार कम्पनीले स्मार्ट सिटीको अवधारणा अनुसार बिभिन्न शहरहरुमा आई.सि.टी.को काम गरिरहेको छ ।