पर्वतको कुस्मा नगरपालिका वडा नं. ८, चुवामा महिलाहरूलाई सीपमूलक र आत्मनिर्भर बनाउने उद्देश्यका साथ दुई दिने बटारेको धूप बनाउने तालिम सुरु भएको छ।
कुस्मा नगरपालिका र कुस्मा नगरपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा मिलिजुली अनलाइनको सहजीकरणमा उक्त तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन समारोह कुस्मा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आर्थिक उपार्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वडा सदस्य कुल प्रसाद शर्मा, वडा सदस्य ठाकुर प्रसाद पोखरेल तथा चमकुमारी थापा लगायतको गरिमामय उपस्थिति रहेको थियो।
वडा सचिव सुनिता ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कल्पना पौडेलले तालिमको पूर्ण सफलताको कामना गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।
स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको यस तालिममा कुल ३१ जना महिलाहरूको सहभागिता रहेको छ। दुई दिनसम्म चल्ने यस तालिमको सञ्चालन मिलिजुली अनलाइनका सञ्चालक मुना खत्री लामिछानेले गर्नुभएको थियो। तालिमले स्थानीय महिलाहरूलाई स्वरोजगार बन्न थप टेवा पुर्याउने विश्वास लिइएको छ।

प्रकाशित मिति २०८३ असार ३ गते बुधबार ०३:२७