जलजला बागलुङ, म्याग्दी र रुकुम जिल्लाको सिमा क्षेत्र हो । बागलुङको ढोरपाटन शिकार आरक्षसँग जोडिएको जलजला पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।
विशेष गरि यहाँको प्राकृतिक सुन्दरता हेर्न र घोडचढीमा रमाउनेकोलागि यो आकर्षक छ ।५ दिनको ट्रेकिङ रुटमा म्याग्दीको धौलागिरी गाउँपालिकाको मुदी गाउँदेखि सुरु भएर गुर्जा हुँदै जलजला र ढोरपाटन पुग्न सकिन्छ । यो भर्जिन रुट हुने उल्लेख गरिएको छ ।उनले यो रुट पूर्वी रुकुम जिल्लाको मैकोटसम्म जोडिने उल्लेख गरेका छन् ।

रुटकोलागि अप्ठ्यारो ठाउँहरुमा बाटो बनाउने, रेलिङ हाल्ने, विश्राम स्थल बनाउने, झोलुङ्गे पुल हाल्ने लगायतका आवश्यक कार्य पर्यटन मन्त्रालयको सहयोगमा हुने सांसद पुनले उल्लेख गरेका छन् । उनले ति कामकोलागि काम नगर्न र ठगी गर्ने ठेकेदार नराखिने उल्लेख गरेका छन् ।
कामको निरीक्षण पर्यटन मन्त्रालय सहित आफुले गर्ने उल्लेख गरेका छन् । उनले ट्रेकिङ रुट सञ्चालनकोलागि स्थानीय तह र ट्रेकिङ कम्पनीलाई तयार रहन समेत आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८३ असार ३० गते मङ्गलबार ०७:३७