नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिले महत्वपूर्ण सांगठनिक विषयमा छलफल तथा निर्णय गर्न जिल्ला कार्यसमितिको बैठक बोलाएको छ।
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका सन्दर्भमा पार्टीको जिल्ला कार्यसमितिको बैठक यही भदौ २७ गते बिहान ११ बजे कुश्मास्थित बीपी स्मृति भवनमा बस्ने भएको हो।
बैठकमा नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय सभापतिहरू तथा पालिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा पार्टीको सांगठनिक अवस्था, आगामी महाधिवेशनको तयारी तथा जिल्लामा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल हुने सभापति युवराज जाेशि ले जानकारि दिदै जोशीले बैठकलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सबै सम्बन्धित पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ
प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०९:०८