पर्वतबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधाकुमारी कुँवर क्षेत्रीको उम्मेदवारी

पर्वतबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधाकुमारी कुँवर क्षेत्रीको उम्मेदवारी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ असोज ९ गते शुक्रबार ०५:३२

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वतबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला महिला) पदका लागि राधाकुमारी कुँवर क्षेत्रीले उम्मेदवारी घोषणा गरेकी छन् १३ औं महाधिवेशन देखि निरन्तर महासमिती सदस्य तथा...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वतबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला महिला) पदका लागि राधाकुमारी कुँवर क्षेत्रीले उम्मेदवारी घोषणा गरेकी छन्

१३ औं महाधिवेशन देखि निरन्तर महासमिती सदस्य तथा महिलासंघ को केन्द्रिय सदस्य कुँवर क्षेत्रीले कांग्रेसलाई थप गतिशील, सुदृढ र प्रभावकारी बनाउने अभियानमा योगदान पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएकी छन्। उनले ‘गतिका लागि गगन’ भन्ने नारासहित आफ्नो उम्मेदवारी अघि सारेकी हुन्।

नेपाली कांग्रेस पर्वतमा लामो समयदेखि सक्रिय कुँवर क्षेत्री यसअघि पनि महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भइसकेकी छन्। कांग्रेसको १४औँ महाधिवेशनमा उनी पर्वतबाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन्।

यसअघि कुँवर क्षेत्रीले कांग्रेसको महासमिति सदस्यसहित पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्। पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएकी उनले यसपटक पनि महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी प्रस्तुत गरेकी हुन्।

प्रकाशित मिति २०८३ असोज ९ गते शुक्रबार ०५:३२
प्रतिक्रिया दिनुहोस