पाकिस्तानले आफ्नो बचाउका लागि भारतमा आक्रमण गरेको बताएको छ।
पाकिस्तानी सेना प्रवक्ता मेजर जनरल आसिफ गफुरले बुधबारको पत्रकार सम्मेलनमा पाकिस्तानी वायु सेनाले भारत प्रशासित कस्मिरको ६ स्थानमा आक्रमण गरेको जनाए।
उनले भने,‘हामीले आफ्नो बचाउ गरेको हो। पाकिस्तानी सेनासँग आक्रमणबाट जवाफ दिन बाहेक अर्काे विकल्प थिएन।’
उनका अनुसार भारतको खुला क्षेत्रमा आक्रमण गरिएको छ। भारतलाई आक्रमण गर्न पाकिस्तान सक्षम छ भन्ने देखाउन आक्रमण गरेको उनको भनाइ छ।
बुधबार बिहान पाकिस्तानले भारतको दुई युद्धक विमान समेत खसाएको पाकिस्तानको दाबी छ। गफुरले पत्रकार सम्मेलनमा पाकिस्तानी हवाई क्षेत्र प्रवेश गरेको भारतीय विमानमा आक्रमण गर्दा एक विमान पाकिस्तान नियनिन्त्रत कस्मिरमा खसेको जानकारी दिए भने अर्को विमान पाकिस्तानी नियन्त्रित कस्मिरमा खसेको गफुरको भनाइ छ।
पाकिस्तानले भारतको दुई पाइलट आफ्नो नियन्त्रणमा रहेको समेत दाबी गरेको छ।
यसअघि बुधबार नै भारतले समेत पाकिस्ताको एफ–१६ विमान खसालेको दाबी गरेको थियो। एजेन्सी
प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०८:५४