पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर उडेको १० मिनेटमै पड्कियो’

पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर उडेको १० मिनेटमै पड्कियो’

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण १५ गते बुधबार ०९:०५

चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गएको टोली हेलिकोप्टर विमान पाँचथरको पाथिभराबाट उडेको १० मिनेटमै पड्किएको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार सो हेलिकोप्टर  बुधबार बिहान पाथिभरा पुगेको थियो। एयर डाइनेस्टीको...

चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गएको टोली हेलिकोप्टर विमान पाँचथरको पाथिभराबाट उडेको १० मिनेटमै पड्किएको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार सो हेलिकोप्टर  बुधबार बिहान पाथिभरा पुगेको थियो। एयर डाइनेस्टीको सो हेलिकोप्टर पाँचथरको पाथिभराबाट उडेको १० मिनेटमै कडा आवाजसाथ पड्किएको प्रदेश १ का प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले नेपालखबरलाई बताए।

प्रवक्ता न्यौपानेले ताप्लेजुङको पाथिभराबाट उडेको केही बेरमै पड्किएको आवाज आएको नेपालखबरसँग बताए।

उनले भने, ‘सूचना पाउनासाथ ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका डीएसपी सञ्जयसिंह थापाको नेतृत्वमा ११ जनाको टोली दुर्घटनास्थलमा पठाइएको छ।’

‘तेह्रथुमको आठराईस्थित चुहान डाँडामा निर्माण गर्ने भनिएको विमानस्थलको अवलोकन गरेर फर्किनु भएको हो। यहाँको काम सकेर उहाँहरु तेह्रथुमसँगै जोडिएको ताप्लेजुङतर्फ लाग्नुभएछ’, तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले नेपालखबरसँग भनिन्, ‘पाथिभराको दर्शन गर्न जाने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको भन्ने सूचना आएको छ।’

उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएइन्।

प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०९:०५
प्रतिक्रिया दिनुहोस