बिकास र समृद्धिका नौ बुँदे घोषणापत्र जारी गर्दै यूइईको भेला सम्पन्न पर्वतका ३ ठाउँमा प्रसुती गृह बनाईने

बिकास र समृद्धिका नौ बुँदे घोषणापत्र जारी गर्दै यूइईको भेला सम्पन्न पर्वतका ३ ठाउँमा प्रसुती गृह बनाईने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण १९ गते आईतबार १२:०१

आफु हरु जन्मेको ठाँउ को बिकास र र समृद्धिका लागि यूएईमा भेला भएका पर्वतेलीहरुले विभिन्न निर्णय गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा पर्वत समाज यूएईले गरेको बृहत भेलाबाट ९ बुँदे निर्णय भएको छ । भेलाले पर्वत जिल्लामा...


आफु हरु जन्मेको ठाँउ को बिकास र र समृद्धिका लागि यूएईमा भेला भएका पर्वतेलीहरुले विभिन्न निर्णय गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा पर्वत समाज यूएईले गरेको बृहत भेलाबाट ९ बुँदे निर्णय भएको छ ।

भेलाले पर्वत जिल्लामा तीनवटा प्रसुती गृह निर्माण गर्ने निर्णय भएको महासचिब गुरास पौडेलले धौलागिरि मिडियालाई जानाकारी दिनु भएको छ। पौडेलले जलजला गाउँपालिकाको मिलनचोक, फलेवास नगरपालिकाको कार्किनेटा र पैयुँ गाउँपालिकाको हुवासमा प्रसुती गृह निर्माण गरिने भएको छ।

प्रवासीहरुले प्रसुती गृह निर्माणका लागि सहयोग गर्ने भएका छन्।स्थानीय सरकार संग सहकार्य गरि १ वर्ष्भित्र तीन ठाउँमा प्रसुती गृह बनाईने भएको हो । प्रसुती गृह अत्याधुनिक सुविधायुक्त बनाउने तयारी भएको छ । भेला मार्फत हालै जलजला गाउँपालिकामा बाढि पहिरो पीडितका लागि निर्माणाधिन ३ वटा घरको पुननिर्माण चाँडै सक्ने बारेमा भेलाले निर्णय गरेको अन्तराष्ट्रिय पर्वत समाजका महासचिब गुरास पौडेलले बताउनु भएको हो ।

त्यस्तै जिल्लाको विकासमा प्राथमिकता तोकेका योजनाहरु कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय भएको छ ।संसार भरि छरिएर रहेका पर्वते दाजुभाई दिदिबहिनीलाई एउटै संगठनमा आवद्ध गराउने र त्यसको नेतृत्व अन्तराष्ट्रिय पर्वत समाजले गर्ने भएको छ

 

यस्तै मध्यपूर्वमा रहेका पर्वतबाट रोजगारीको शिलशिलामा पुगेकाहरुलाई भैपरि आउने समस्या समाधानका लागि ३ लाख रुपैयाँको अक्षयकोष बनाउने निर्णय भएको पर्वत समाज यूएईका अध्यक्ष पर्शुराम पौडेलले जानकारी दिनुभयो

प्रकाशित मिति २०७५ फाल्गुण १९ गते आईतबार १२:०१
प्रतिक्रिया दिनुहोस