पर्वतको जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने तयारी थालेको छ ।गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले प्रहरी भर्ना गर्नका लागि नियमावली बनाउने निर्णय गरेको हो ।गाउँपालिकामा शान्ति सुरक्षा र प्राकृतिक स्रोत संरक्षण तथा उपयोगका लागि आफ्नै प्रहरीको आवश्यकता देखिएकोले नियमावली मस्यौदा गर्ने निर्णय गरेको अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले जानकारी दिनुभएको हो ।
‘गाउँपालिकाको काममा जनपद प्रहरीबाट असहयोग भयो’ उनले भने ‘आगामी दिनमा आफ्नै प्रहरी आवश्यक देखिएकाले नियमावली मस्यौदा गर्न लागेका हौ’ कार्यालयको सुरक्षा र अन्य सुरक्षा समेत चुनौती थपिएपनि शान्ति सुरक्षा माग्दा जनपद प्रहरीले बेवास्ता गरेको आरोप अध्यक्ष मल्लले बताउनु भयो ।प्रहरीले असहयोग गरेको भन्दै गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, प्रहरी प्रधान कार्यालय देखि गण्डकी प्रदेशका मुख्यमन्त्री सम्म पत्राचार गर्ने निर्णय गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

मल्लले जलजला गाउँ कार्यपालिकाले दर्ता नभएका क्रसर उद्योगहरुको अनुगमन गरि प्रकृया नपुगेको भए बन्द गर्ने निर्णय समेत गरेको छ । गाउँपालिका भित्र कालीगण्डकी नदी किनारमा क्रसर राख्दा सम्बन्धित निकायबाट प्रकृया पुरा गरेर मात्रै राख्न दिने तर जथाभावी रुपमा प्रकृया नपु¥याई सञ्चालन गर्दा अराकजकता बढ्ने भएकाले यस्तो निर्णय गरिएको कार्यपालिकाका सदस्यहरुले बताएका छन । सञ्चालित क्रसर उद्योगहरुमा अनुगमन गरि कागजात पु¥याउने र नपु¥याउन नसके बन्द गर्ने निर्णय भएको हो ।
प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार ०५:४३