जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण २४ गते शुक्रबार ०१:१९

जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक सेवा केन्द्रको आयोजनामा  भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वतका ६ ओटा स्थानीयमा छनोट भएका ६ जना प्रतिस्पर्धीहरुको बीचमा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको...

जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक सेवा केन्द्रको आयोजनामा  भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वतका ६ ओटा स्थानीयमा छनोट भएका ६ जना प्रतिस्पर्धीहरुको बीचमा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा नमूना आवासिय मा.वि.कुश्माकी प्रकृति शर्मा प्रथम, महेन्द्र शिखरी मा.वि. मोदीकी करिना पौडेल दोस्रो, जनसेवा संस्कृत मा.वि. पैयूँकी बिनिता भुषाल तेस्रो र राम मा.वि. फलेवासकी अञ्जली बि.क. सान्त्वना हुनुभएको छ । प्रथम, द्धितिय, तितृय र सान्त्वना बनेकाहरुलाई क्रमश नगद ११ हजार, ७ हजार, ५ हजार र ४ हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यस्तै सहभागी भएका बिद्यार्थीहरुलाई पनि प्रोत्सहान स्वरुप नगद १÷१ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रतियोगितामा फलेवास नगरपालिकाको तर्पmबाट राम मा.वि. शंकरपोखरीकी अञ्जली शर्मा, कुश्मा नगरपालिकाको तर्पmबाट नमूना अंग्रेजी आवासिय मा.वि. की प्रकृति शर्मा, मोदी गाउँपालिकाको तर्पmबाट महेन्द्र शिखरी मा.वि.की करिना पौडेल, बिहादी गाउँपालिकाको तर्पmबाट जनकल्याण मा.वि. बाच्छाका सागर खड्का र पैयूँ गाउँपालिकाको तर्पmबाट सूर्य मा.वि.का साजन सुनारले प्रतिस्पर्धा गर्नुभएको थियो ।

जिल्लाका ९४ ओटा बिद्यालयहरुका ८ सय जना बिद्यार्थीहरुको बीचमा आन्तरिक प्रतिस्पर्धा गराएर जिल्ला स्तरीय प्रतियोगिताको लागि अन्तिम ६ जनाको छनोट गरिएको थियो । प्रहरी समुदाय साझेदारी कार्यक्रम अहिले ६ महिनामा चलिरहेको छ । समुदाय प्रहरी जिल्ला समितिका अभ्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्व्य समितिका संयोजक मनोहर बी पौडेल रहनुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी, कुश्मा नगरपालिका अन्तर्गत शिक्षा शाखाका प्रमुख रुद्रनारायण सापकोटा, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका प्रमुख उद्धीमराज पौडेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष शिव सुवेदी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उहाँहरुसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझी र आदर्श अंग्रेजी आवासिय मा.वि.का प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले पनि बोल्नुभएको थियो ।

प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार ०१:१९
प्रतिक्रिया दिनुहोस