जनप्रतिनिधिको नयाँ काम कुस्मा नगरपालिको वडा नम्बर ७ बाट नै डाटा संकलन सुरु ।

जनप्रतिनिधिको नयाँ काम कुस्मा नगरपालिको वडा नम्बर ७ बाट नै डाटा संकलन सुरु ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ चैत ६ गते बुधबार ११:४४

पर्वत जिल्ला पर्यटकिय हिसावले पनि अगाडि बन्दै गईरहेको बेला फेरि अर्काै नयाँ काम को सुरुवात भएको छ ।नगरपालिकाले पहिलो पटक वेभ पोर्टल निर्माण गरेर अनलाइन सेवा सुरु र्गर्नै भएको हो ।नगरपालिकालाई सूचनामैत्री बनाउन र नगरभित्रको सम्पूर्ण...

पर्वत जिल्ला पर्यटकिय हिसावले पनि अगाडि बन्दै गईरहेको बेला फेरि अर्काै नयाँ काम को सुरुवात भएको छ ।नगरपालिकाले पहिलो पटक वेभ पोर्टल निर्माण गरेर अनलाइन सेवा सुरु र्गर्नै भएको हो ।नगरपालिकालाई सूचनामैत्री बनाउन र नगरभित्रको सम्पूर्ण बिबरण इन्टरनेटको माध्यमबाट उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले अनलाइन पोर्टलको शुरुवात गरेको छ ।

नगरपालिका भित्रका नागरिकका सबै बिबरण, उत्पादनको बजारीकरण गर्न सक्ने तथा नागरिकले आफ्ना सुचना आफ्ै राख्न सक्ने ब्यबस्था सहितको वेभपोर्टल निर्माण गरिएको हो । पहिलो चरणमा नगरपालिका अन्र्तगतको वडा नम्बर ७ बाट नै डाटा संकलन र राख्ने काम भएको वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।

पौडेलले भन्नु भयो नागरिकले घरमै बसेर आफ्ना सबै बिबरण अध्याबधिक गर्न तथा नगरपालिकाका सेवाहरु बारे जानकारी लिन समेत सक्ने गरि वेभ पोर्टल बनेको छ पौडेलले भन्नुभयो यसले नगरपालिकालाई सुचना प्रबिधीको क्षेत्रमा एउटा फड्को मार्ने काम भएको छ ।वेभर्पोटल निर्माण पछि नगरपालिकाका घरधुरी सम्बन्धी अनलाईन जानकारी हुने, नगरपालिकाका योजना र प्रगति बिबरण डिजीटल नक्सामा हेर्न सकिनेछ । यसबाहेक आफ्ना उत्पादनको बजारीकरण र खरिदबिक्री समेत अनलाईनबाट गर्न सकिने, योजना तर्जुमा गर्दा सहजरुपमा तथ्याँक उपलब्ध हुने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।उहाँले नगरपालिकाका सबै वडाहरुमा यसको प्रभाबकारिता हेरेर बिस्तार गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७५ चैत ६ गते बुधबार ११:४४
प्रतिक्रिया दिनुहोस